सर्वोच्च अदालतका लागि प्रस्तावित दुई न्यायाधीश सुनुवाई प्रक्रिया आज

काठमाडौं, पुस २१ । संसदीय सुनुवाई समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित दुई जना न्यायाधीशको सुनुवाई प्रक्रिया आज बिहिबार गर्ने भएको छ ।

न्याय परिषद्को  बैठकले उच्च अदालत बिराटनगरका मुख्य न्यायाधीश तेजबहादुर केसी र पोखराका मुख्य न्यायाधीश पुरुषोत्तम भण्डारीलाई सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेको थियो ।

परिषद्ले प्रस्तावित न्यायाधीशको सुनुवाई प्रक्रिया अगाडि बढाउन संसद सचिवालयलाई पत्रचार गरेको थियो ।  समितिको बैठक आजका लागि बोलाईएको छ। बिहान ११ बजेपछि बस्ने समितिको प्रारम्भिक बैठकमा उनीहरु बिरुद्ध उजुरी दिने समय तोकिने समिति सचिवालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: