मोटरसाइकलको ठक्करबाट मृत्यु

दाङ, पुस २१ । दाङको सहिदगेटबाट चितवनतर्फ जाँदै गरेको लु.२८.प.८४७ नं.को मोटरसाइकलले ठक्कर दिंदा पैदल यात्री १६ वर्षीय निमतुल्ला सिद्धिकीको मृत्यु भएको छ ।

उनको उपचारका क्रममा कोहलपुर अस्पतालमा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

भारत घर भएका सिद्धिकी घोराही नगरपालिका–११ मा बस्दै आएका थिए । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस

कमेन्ट गर्नुहोस्

%d bloggers like this: