सुनको भाउ बढ्यो, तोलामा साढे त्रिपन्न हजारमा कारोबार

काठमाडौं, पुस २१ । बिहिबार पनि सुनचाँदीको भाउ बढेको छ । तोलामा तीन सय रुपैयाँले बढेर सुन मूल्य ५३ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनको माग बढेकाले त्यसको प्रभाव नेपाली बजारमा पनि परेको महासंघले जनाएको छ । महासंघका अनुसार अहिले दैनिक सुनको माग ३० किलोभन्दा धेरै छ ।
माघ महिनामा लगन पर्ने भएकाले सुनको गरगहनाको माग बढेको हो । बिहीबार चाँदी पनि तोलामा ५ रुपैयाँले बढेर ७ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: