राष्ट्रिय फुटबल रेफ्री मानन्धरले लिए खेल जीवनबाट सन्यास

लमजुङ, पुस २१ । पूर्वराष्ट्रिय खेलाडी तथा रेफ्री सुरज मानन्धरले खेल जीवनबाट सन्यास लिएका छन् ।

त्रिवेणी कप खेलाउन बेसीसहर आएका मानन्धरले एक विज्ञप्ति जारी गरी खेलबाट सन्यास लिएका हुन् ।

आफ्नो जीवनको झण्डै २८ वर्ष खेल क्षेत्रमा विताएका मानन्धरले लमजुङमा भएको २५ औँ त्रिवेणी कप प्रतियोगिता पछि औपचारिकरुपमा सन्यास लिएको बताएका छन् ।
मानन्धरले आफ्नो जिवनमा १४ वर्ष खेलाडी र १४ वर्ष रेफ्रीको भूमिका निर्वाह गरेका हुन् ।

कमेन्ट गर्नुहोस्