भारतको सिमलामा चार नेपालीको मृत्यु

काठमाडौं, पुस २१ । भारतको हिमाञ्चल प्रदेशमा बाटो खन्ने क्रममा ढिस्कोले पुरिएर चारजना नेपाली मजदुरको ज्यान गएको छ ।

हिमाञ्चलको सिमला जिल्ला तहसिल रामपुर भन्ने ठाउँमा बुधबार बाटो खन्ने क्रममा चारजना नेपालीको पुरिएर उनीहरुको घटनास्थलमै ज्यान गएको सँगै काम गर्ने कञ्चनपुर झलारीपिपलाडी नगरपापालिकाका–११ का नरेन्द्रबहादुर विष्टको भनाई उधृत गर्दै उज्यालो अनलाइनले बताएको छ ।

ज्यान गुमाउनेमा कञ्चनपुरको झलारीपिपलाडी नगरपालिका दीपनगरका लोकेन्द्र विष्ट, दीपेन्द्र विष्ट, कैलालीको सुख्खडका अजबबहादुर विष्ट र बैतडीका रामबहादुर बम रहेका छन् । ६ जना नेपाली त्यस ठाउँमा कार्यरत रहेपनि दुईजना खाना पकाइरहेकाले सकुशल रहेको विष्टले बताए ।

कमेन्ट गर्नुहोस्