सपनाको नम्बरले जितायो २६ करोडको लट्री

क्यानडाकी एक महिलाले आफ्नो सपनाको आधारमा २६ करोडको लट्री जितेकी छिन् । विगत ४० वर्षदेखि यस लट्रीमा सामेल हुँदै आएकी ती महिलालाई यस पटक भने उनले देखेको सपनाको आधारमा चुनिएको नम्बरले करोडपति बनाएको हो ।

नोवा स्कॉटियाकी ओलगा बेनोले ४९ लाख डॉलर अर्थात झण्डै २६ करोड रुपैयाँ लट्री जितेकी बीबीसी न्युजले जनाएकाे छ ।

ओलगाले लट्री जित्नका लागि सन् १९८९ को मेमा उनलाई सपनामा १ नम्बर देखिन र त्यो नम्बरले जित्ने संकेत पनि पाइन् । त्यहाँदेखि हरेक वर्ष उनले उक्त नम्बरमा नै उनले आफ्नो भाग्य दाउमा लगाउने गर्दैथिन् । अन्ततः ४० वर्षपछि उनले सो नम्बरबाट २६ करोड जित्न सफल भएकी हुन् ।

ओलगा क्यान्सरबाट पीडित छिन् । उनले जितेको उक्त रकमले उनलाई उपचारका लागि निकै राहत मिल्ने बताएकी छिन् । त्यस्तै उपचारका लागि घरसमेत विक्री गर्नुपरेकोमा उनले अब आलिसान घर खरिद्ने समेत खुलासा गरेकी छिन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: