३० किलो सुनसहित ३ जना पक्राउ

काठमाडौ, पुस २१ । प्रहरीले काठमाडौंमा अवैध  ३० किलो सुनसहित तीन जनालाई पक्राउ गरेको छ ।

दुबईदेखि एयर अरेबियाको जहाजबाट काठमाडौं आएका उनीहरुलाई केन्द्रीय अनुसन्धान ब्युरोको प्रहरी टोलीले काठमाडौं पिंगलास्थानबाट  पक्राउ गरेको हो। विषेश सूचनाको आधारमा विमानस्थल पुगेको सीआईबीको टोलीले एयर अरेवियाको विमानबाट झरेलगत्तै सो सुनसहित उनलाई पक्राउ गरेको हो । बाँके घर भएका शाही आज मात्रै नेपाल आइपुगेका हुन् ।

याे पनि पढ्नुस  यसरी अस्पताल प्रांगणमै बिरामी जाँच्दै चिकित्सक

पक्राउ पर्नेहरुमा नेपालगन्जका गोपालबहादुर शाही, दिलबन्धु थापा र सन्तोष काफ्ले रहेका सीआईबीकी एसपी मिरा चौधरीले बताइन्।

 

कमेन्ट गर्नुहोस्