हत्या गरिएका वनरक्षकलाई दश लाख, ‘अोभर टाइम’ सेवा गर्ने कर्मचारीलाई ‘ओटि’ दिने सरकारको निर्णय

मन्त्रीपरिषद बैठक

काठमाडौ‌ं, पुस २१ । प्रचण्ड नेतृत्वको सरकारले ताप्लेजुङको खोकलिङका बन संरक्षणका क्रममा हत्या गरिएका गणेशबहादुर शाहीलाई सहिद घोषणा गर्ने निर्णय पनि गरेको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा विहीबार बसेको मन्त्रीपरिषद कर्तव्य निर्वाहकै सिलसिलामा हत्या गरिएका शाहीको परिवारलाई १० लाख क्षतिपूर्ति दिने निर्णय गरिएको  सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले जानकारी दिए।

त्यसैगरी सडक दुर्घटनामा परी निधन भएका खेलकुद प्रशिक्षक बासुदेव भट्टराई र कर्णबहादुर खडकाका परिवारलाई जनही १० लाखका दरले क्षतिपूर्ति दिने निर्णय पनि गरिएको छ।
सरकारले तोकिएको समय भन्दा बढी सेवा गर्ने कर्मचारीहरुलाई प्रोत्साहन भत्ता दिने निर्णय पनि गरेको छ।

सरकारले प्रदेश, संघ र स्थानीय तहको कार्य विस्तृतिकरण र अधिकार सूचीबारे छलफल सुरु गरेको छ। बैठकले प्रदेश, संघ र स्थानीय तहको कार्य विस्तृतिकरण र अधिकार सूची अध्ययनका लागि आर्थिक पूर्वाधार समितिमा पठाउने निर्णय गरेको हो। तीन वटै संघीय संरचनाको काम, कर्तव्य र अधिकारबारे स्पष्ट व्यवस्था गर्न सरकारले सो सम्बन्धि विधेयक संसदमा पठाउने तयारीलाई अघि बढाएको हो।

प्रदेश, संघ र स्थानीय तहको काम, कर्तव्य र अधिकारका विषयमा आवश्यक छलफल गर्न त्यसको विस्तृतिकरण र अधिकार सूचीका बारेमा छलफल सुरु गरिएको सरकारका प्रवक्ता  कार्कीले बताए ।

त्यसै गरी बैठकले सडक विस्तारको कामका लागि एसियाली विकास बैंकले दिएको २० अर्ब २८ करोड रुपैयाँ अनुदान सहायता पनि स्वीकृत गरेको छ। एसियाली विकास बैंकले नेपालको पूर्वाधार विकासमा सहयोग अनुदान उपलब्ध गराउँदै निर्माणका लागि पनि आएको छ।
सरकारले एकीकृत सहरी विकास आयोजनासमिति गठन गर्ने निर्णय गरेको छ।

त्यसैगरी मन्त्री परिषद बैठकले टर्कीको राजधानी इस्तानबुलमा कार्यरत अवैतनिक राजदुत फात्मा गुल्सेनी मालपोचको समयावधि थप गर्ने निर्णय पनि गरेको छ। सरकारले काठमाडौ‌ बुढानीलकण्ठमा राष्ट्रिय आयुर्वेद, पंचकर्म तथा योग सेवा केन्द्र स्थापना गर्ने निर्णय पनि गरेको छ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: