कलाकार अोम पुरीको निधन, बलिउड शोकमग्न

एजेन्सी । बलिउडका चर्चित कलाकार ओम पुरीको निधन भएको छ । ६६ वर्षीय पुरीको आज विहान ह्दयघातको कारण निधन भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएको छ ।

उनको मृत्युको खबरले पुरै बलिउड शोकमा डुवेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीदेखि बलिउडका निर्देशक, कालकार र उनको फ्यान हरुले सामाजिक सञ्जाल ट्वीटरमा पुरीको निधनको शोक व्यक्त गरेका छन् । कलाकार अनुपम खेरले ट्वीट गर्दै अोम पुरीको निधनप्रति शोक व्यक्त गरेका छन्।

याे पनि पढ्नुस  मुन्नीको आमाको भूमिकामा सिम्पल देखिने मेहर यस्तो हट

सन् १९५० मा हरियाणामा ओमपुरीको जन्म भएको थियो । ‘अर्द्ध सत्य’, ‘जाने भी दो यारों’, ‘नसूर’, ‘मेरे बाप पहले आप’, ‘देहली ट’, ‘मालामाल वीकली’, ‘डॉन’, ‘रंग दे बसंती’, ‘दीवाने हुए पागल’, ‘क्यूँ १ हो गया ना’, ‘काश आप हमारे होते’ और ‘प्यार दीवाना होता है’ जस्ता सयौं चलत्रिमा उनले दमदार अभिनय गरेका छन् ।

कमेन्ट गर्नुहोस्