ल्याटिन अमेरिकाबाट देखियो, डरलाग्दो मानव तस्करीको विश्वव्यापी सञ्जाल

नेपाली नागरिक पनि समातिएको समाचार आएपछि सम्बन्धित निकायमा सम्पर्क गर्ने निधो गरें, यहाँ नेपालीको नाममा एक्लो थिएँ ।

सन् २०१० को अक्टोबर महिनामा म दक्षिण अमेरिकी मुलुक कोलोम्बियाको राजधानी बोगोटा डिसी उत्रिइएँ । समय छिटो–छिटो गएको जस्तो लाग्छ। सात वर्षअघि र आजको यसो समय तुलना गर्दा सबै चिजमा धेरै भिन्नता आयो भूगोल हिसाबले हामी नेपालीका लागि यो यात्रा निकै लामो हो। जहाँ आइपुग्दा भाषाका कारण हरेक पाइलामा ठेस लागेको अनुभूति गरियो लामै समय । बिल्कुल भिन्न परिवेश, भिन्न धर्म/संस्कृति ,समय ,समुदाय , आदि । स्थानीय समुदायसँग बोलीचाली परिचय हुँदा अधिकांशलाई नेपाल देश हो भन्ने जानकारी थिएन।

जसले मनमा एक किसिमको चस्का दिइरहन्थ्यो। बुद्ध जन्मेको देश,सगरमाथाको देश भन्नेमा मलाई जति गर्व थियो । त्यो भ्रम विस्तारै दुर हुँदै गयो । गौतम बुद्ध, सगरमाथा बारे ल्याटिनहरुलाई प्रशस्तै थाहा रेहछ । उनीहरुलाई कुन देशमा पर्छ भूगोल थाहा रहेको पाइनँ । अधिकांशमा भ्रम थियो । नेपाल भनेको चीनमा हो ? या भारतमा ? भनेर प्रति प्रश्न गर्दथे। यसरी नेपालको बारेमा सामान्य जानकारी समेत नभएको देखेर अब यहीं केहि न केहि माध्यमद्वारा नेपालको नामलाई दक्षिण अमेरिकी मुलुकमा चिनाउने सोंचका साथ कोलोम्बियामा पहिलो नेपाली टिपिकल खानाको रेस्टुरेन्ट खोलें।

जसको नामकरण गरियो ‘सगरमाथा रेस्टुरेन्टँ। स्लोगान थियो सगरमाथा भूमिको स्वाद। यसै बिषयमा कान्तिपुर दैनिकमा कार्यरत आर्थिक बिटमा लेख्ने पत्रकार लीलानाथ घिमिरेले कोलोम्बियामा नेपाली रेस्टुरेन्ट शिर्षकमा समाचार सम्प्रेषण गरे । त्यतिबेला पर्यटन बर्ष २०११ मनाइदैं थियो। कोलोम्बियामा पहिलो नेपाली व्यवसायी तथा त्यतिबेलामा एक मात्र नेपाली को उपस्थिति थियो ।

व्यवसायले अपेक्षित सफलता हात पार्न नसके पनि आफ्नो मुलुकसँग सम्बन्धित ब्यबसाय भएकाले मलाई गर्व लागेको थियो। बिबिध कारणबस यो व्यवसायले निरन्तरता पाउन सकेन । केही समयपछि व्यवसाय परिवर्तन गर्नुपर्ने बाध्यतामा परियो ।

समयक्रमसँगै दैनिकी बदल्नै पर्ने भयो । सन् २०११ को अन्तिम तिर ‘मानव तस्करी’ सम्बन्धि समाचार संचार माध्यममा आउन थाले। आज फलानो ठाउँमा यति जना पक्राउ परे तिनीहरु एसिया, अफ्रीकन मुलुकका नागरिक थिए आदि । यो समाचार आएदेखि मलाई त्यस सम्बन्धि जान्ने उत्सुकता जागेर आउन थाल्यो ।
स्वभावैले म सामाजिक कार्यमा बिशेष रुचि राख्ने भएकोले हुन सक्छ अलि बढी नै चासो राख्न थालें ।

क्रमसः यस किसिमका समाचार संचार माध्यममा बाक्लिंदै जान थाल्यो । नेपाली नागरिक पनि समातिएको समाचार आएपछि सम्बन्धित निकायमा सम्पर्क गर्ने निधो गरें । यहाँ नेपालीको नाममा एक्लो थिएँ । समय क्रमसँगै सम्बन्धित निकायमा सम्पर्क गरेर अबैध आप्रवासीहरुको आगमन को बारेमा प्रारम्भिक जानकारी प्राप्त गर्न थाले ।

यो क्रम जारी रहँदै गर्दा कोलम्वियको अध्यागमनले अबैध रुपमा प्रवेश गरेका आप्रवासी समात्ने क्रममा २ जना नेपाली महिला २ जना नेपाली पुरुष अन्य मुलुकका ९ जना समेत जम्मा १३ जनालाई पक्राउ गरेको खबर आयो ।

अनौपचारिक कुराकानीको क्रममा यस्ता भेदहरु खुल्दै गए जो सुन्दैमा आश्चर्यमा पर्ने किसिमका थिए । २ जना महिला मध्ये १ जना पूर्वकी थिइन । अर्कीले आफ्नो असली परिचय नदिएर कहिले टिबेटन, कहिले पूर्वकै भनेर जबाफ दिएर मलाई झुक्काउन थालिन । जुन कुरा उनीहरु पहिल्यैदेखि प्रशिक्षित थिए ।

उनीहरुलाई राजधानी बोगोटा डिसी ल्याएई सकेको थियो। कोलोम्बियासँग नेपालको सिधा कुटनीतिक संयन्त्र स्थापित छैन । नेपाल सम्बन्धी ब्राजिल स्थित नेपाली राजदुताबासले हेर्छ । कोलम्बियाको अध्यागमनले ट्राभल डकुमेन्ट उपलब्ध गराई दिन अनुरोध गरेको बिषय नेपाली राजदुताबास ब्राजिल मार्फत जानकारी पाएँ। अध्यागमनको आग्रह बमोजिम उपलब्ध गराई दिनु पर्ने ट्राभल डकुमेन्ट के को आधारमा दिने ? दोधारमा रहेको दुताबासले बताएको थियो । नेपाली हुँ भन्ने बित्तिकै प्रमाणित नभएसम्म ट्राभल डकुमेन्ट उपलब्ध गराउन नसकिने आश्यको संदेश अध्यागमनलाई पठाएछ । ब्राजिल नेपाली राजदुताबासले सम्पर्कका लागि मेरो नाम सिफारिस गरेर पक्राउ परेका हरुसँग भेटेर पुनः सोधपुछ गर्न भनेछ ।

कोलम्बियन अध्यागमनले पक्राउ परेकाहरु राखिएको सेफ हाउसमा गएर सोधपुछ गर्ने काममा मेरो मद्दत लियो।औपचारिक सोधपुछको क्रममा सत्य, तथ्य बताउन चाहेनन् नेपालीहरुले । अनौपचारिक कुराकानीको क्रममा यस्ता भेदहरु खुल्दै गए जो सुन्दैमा आश्चर्यमा पर्ने किसिमका थिए । २ जना महिला मध्ये १ जना पूर्वकी थिइन । अर्कीले आफ्नो असली परिचय नदिएर कहिले टिबेटन, कहिले पूर्वकै भनेर जबाफ दिएर मलाई झुक्काउन थालिन । जुन कुरा उनीहरु पहिल्यैदेखि प्रशिक्षित थिए ।

मैले सबै आफ्नो वास्तविकता भने पछिउ उनीहरु कसरी त्यहाँसम्म आइपुगे ? भन्ने कुरा आँशु झार्दै बताउन थाले । नेपाल देखिको यात्रा सुन्दा कल्पना गर्न नसकिने थियो । नेपालमा सामान्य व्यवसाय सञ्चालन गरेर जीविकोपार्जन गर्दै आएका उनीहरु धन कमाउने लोभमा एकाएक ल्याटिन अमेरिका आएर समाइए । कुरै कुरामा उनीहरु भक्कानिँदै भन्न थाले– ‘बरु आफ्नै मुलुक फर्कन पाए पनि फर्कने थिएऔं । यो नर्कमा बस्न सकिन्नँ ।’

त्यहाँसम्म पुग्दाको लगानीले भने उनीहरु भन्दै थिए जसरी पनि अमेरिका त छिर्नै पर्छ । अन्य २ जना पुरुष पश्चिम नेपालतिरका थिए। कुनै राजनीतिक दलको गोपनियताका कारण नाम उल्लेख गरेको छैन । उनीहरु यहाँसम्म कसरी आइपुगे भन्ने कथा सुनाउँदा म छाँगाबाटै खसे जस्तो भएँ । एक दलका उपल्लो तहको नेताले सिफारिस दिए । त्यही सिफारिसले यो यात्रा सम्भव भएको ।

ती नेतासँग पार्टी कार्यालयमै अन्तिम भेटघाट गरी ठूलै रेष्टुरेन्टमा गएरखानपान सहितको फोटो समेत देखाए ‘विदाई समारोह’को । हामीले औपचारिक सोधपुछ र आवश्यक फिंगर प्रिन्ट दस्तखत नाम ठेगाना आदि फारममा भरेर अस्थायी कन्ट्री आउट पास को निम्ति मेरै रोहबरमा सिफारिस गरेर अध्यागमन विभागलाई बुझाई दिएका थियौं । अहिले उनीहरु कहाँ पुगे त्यो थाहा भएन ।
(लेखक मैनाली, कोलम्बियाको राजधानी बोगाटामा बस्छन । कोलम्बियालाई ट्रान्जित प्वाइन्ट बनाएर मानव तस्करीहरुले कसरी अमेरिका पुर्याउँछन ? उनीसँग नालेबेली छ । लेखकले देखेको अनुभव लामै भएकाले क्रमशः दिइने छ । सम्पादक)

कमेन्ट गर्नुहोस्

%d bloggers like this: