काठमाडौं, पुस २२ । नेपालको इन्टरनेट, नेटवर्क र टेलिभिजन सेवा प्रदायक कम्पनी, सुबिसु केवलनेट (प्रा). लि. १६ औं बर्ष पुरा गरी १७ अौं वर्षमा प्रबेश गरेको छ ।
कम्पनीको वार्षिकोत्सबको अवसरमा सुबिसुको प्रमुख कार्यकारी अधिकृत श्री विनय मोहन साउदले सुबिसु सफलतापूर्वक १७ औं वर्षमा प्रवेस गर्नुमा आफ्नो ग्राहकहरुको निरन्तर साथ, माया र विश्वास भएको बताएका छन् ।
उनले आफ्नो ग्राहकहरुको यहि साथ, माया र विश्वास सदैब रहिरहने अाशा भएको बताए ।
उनले भने–‘१६ बर्षको अन्तरालमा हामी थप अनुभवी भएका छौ, यहि अनुभवका साथ हामी अझ केन्द्रित रहि आफ्ना अमूल्य ग्राहकहरुलाई थप उच्चस्तरीय सेवा प्रदान गर्न प्रतिबद्ध छौं । ’
सन् २००१ देखि केबल टिभीबाट सेवा सुरु गरेको सुबिसु, हाल देशको सुचना तथा संचार क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने एक अग्रणि कम्पनीको रुपमा स्थापित छ । १६ बर्षको यो कोसेढुगों सगैं कम्पिनी आफ्नो अमुल्य ग्राहकहरुलाई थप नविनतम तथा अत्यन्त उच्च कोटिका सेवाहरु जस्तै डिजिटल टीभी सेवा, इन्टरनेट, ब्रोडव्यान्ढड सेवा प्रदान गर्न प्रतिबद्ध रहेको बताएको छ ।