एजेन्सी । बलिउड अभिनेता आमिर खानको चलचित्र दंगल रिलिज भएकोे दुइ हप्ता भइसकेको छ । दंगलले तीन दिनमै एक सय करोड कल्वमा सामिल भइसकेको छ । १३ दिनभित्र करीब ५ सय करोड रुपैया कमाइ गरिसकेको छ ।
दंगलले १३ दिनमा घरेलु बक्स अफिसमा ४८७ करोड रुपैया कमाइ गरेर सलमान खान अभिनित चलचित्र सुल्तानको रेकर्ड तोडिदिएका छ ।
दंगल चलचित्र हेर्ने दर्शकको भिड अहिले पनि उस्तै छ । यही कारण दंगलले नयाँ रेकर्ड राख्न सक्ने विष्लेषकहरुको दावी छ ।
सन् २०१४ मा आमिरको पिके र सलमान खानको बजरंगी भाइजान र सुल्तानपछि दंगलले घरेलु बक्स अफिसमा ४८७ करोड कमाउन सफल चलचित्रमा चौंथो नम्वरमा परेको छ ।
२३ डिसेम्बरमा रिलिज भएको दंगल भारतको राष्ट्रिय स्तरको पहलवान भइसकेका महावीर सिंह फोगटेको कथामा आधारीत छ । जसले आफ्नो छोरी गीता र बबितालाई कुस्तीमा अन्र्तराष्ट्रिय गोल्ड मेडल जित्नसक्ने बनाएका थिए ।