स्थानीयवासीको अवरोधका कारण सडक विस्तार अलपत्र

भक्तपुर, पुस २२। सडक विस्तारका क्रममा स्थानीयवासीले अवरोध गरेपछि भक्तपुरमा विस्तार हुन लागेका अधिकांश सडकहरु अलपत्र परेका छन् ।

डिभिजन सडक कार्यालय भक्तपुरबाट निर्माण एवम् विस्तार सुरु भएको अरनिको राजमार्गस्थित मध्यपुर थिमिको चार दोबाटोबाट कोरिया नेपाल मैत्रीअस्पताल हुँदै सिद्धिकाली चोक पुरानो बाटो सडक निस्कने सडक विस्तार कार्य अलपत्र परेको हो ।

नगर विकास आयुक्त कार्यालयले सीमाङ्कन गरेको सडक मापदण्ड मिचेर निर्माण भएका घर भत्काउन नदिँदा सडक विस्तार कार्य पूरा गर्न नपाएको सो कार्यालयले जानकारी दिएको छ ।

कुल रु ६ करोड ६२ लाखको लागतमा एक हजार १०० मिटर लम्बाइ र ११ मिटर चौडाइका रुपमा विस्तार उक्त सडकको बीच भागमा विस्तार कार्य भए पनि सडकको दुबैतर्फको मुखमा भने सडक विस्तार हुन नसकेको कार्यालयका प्रमुख गुरुप्रसाद अधिकारीले जानकारी दिए ।

याे पनि पढ्नुस  नेमकिपाका अध्यक्ष विजुक्छेंले पहिलोपटक अरुलाई भोट हाले

चार दोबाटो चोक र सिद्धिकाली चोकमा मापदण्ड विपरीत रहेका ११ वटा घर र एक सरकारी विद्यालय भत्काउन नदिँदा सडक विस्तारमा समस्या आएको हो । यो सडकमा रहेको १६ वटा विद्युत्को पोल र ११ वटा नेपाल टेलिकमको पोल पटक÷पटक हटाउन पत्राचार गर्दा पनि नहटेपछि सडक विस्तारको काममा थप अवरोध पुगेको हो ।

त्यसैगरी मध्यपुर थिमिकै चार दोबाटो बालकोट सडक विस्तार कार्यमा केही स्थानीयवासीले अवरोध पु¥याएपछि दुई वर्षदेखि रोकिएको छ ।

विसं २०७१ चैत १२ गते रु एक करोड ५० लाख ७५ हजारमा विस्तार कार्य सम्पन्न गर्ने गरी ठेकेदारसँग सम्झौता भएर काम सुरु भएलगत्तै अवरोध भएपछि अहिले सडक विस्तार कार्य नै अलपत्र परेको छ ।

याे पनि पढ्नुस  टिपरको ठक्करबाट ज्यान गएपछि भक्तपुर तनावग्रस्त, १५ सेल अश्रुग्यास प्रहार

रोजभिलेजबाट बालकोट हाइट, कौशल्टार सिरुटार हुँदै बालकोट चोकसम्म विस्तार हुनुपर्ने ७०० मिटर उक्त सडक विस्तार कार्य अलपत्र परेको हो ।

सुरुमा १० मिटर चाँैडा सडक बनाउने गरी विस्तार सुरु गरे पनि सडकमा घर पर्ने पीडितका नाममा सर्वोच्च अदालतमा मुद्दा परेपछि रोकिएको सो सडक केही स्थानीयवासीको असहयोगकै कारण विस्तार हुनसकेको छैन् ।

अनन्तलिङ्गेश्वर नगरपालिकाको अगुवाइमा स्थानीय राजनीतिक दलको समेत संलग्नतामा हाल २६ फिट कायम गरेर विस्तार गर्ने अर्को सहमतिपछि फेरि ८६ घरले पीडित टोली बनाएर सडक विस्तार गर्न नदिने तयारी गरेका छन् ।

याे पनि पढ्नुस  ६८ वर्ष पुरानो पुस्तकालयको काँचुली फेरियो !

कार्यालय प्रमुख अधिकारीले अब पनि सडक विस्तार कार्यमा अवरोध पु¥याए कार्यक्रम र बजेट नै फिर्ता जाने बताए ।

यता मध्यपुर थिमिको बाहाखा बजारबाट बोडे हँुदै मूलपानी जाने सात किलोमिटर लामो सडक विस्तारमा समेत स्थानीयवासीले अवरोध पु¥याएका छन् ।

कुल रु १० करोड ६१ लाख ६४ हजार ७०० को लागतमा तीन किलोमिटर उक्त सडक २०७५ जेठ मसान्तभित्रमा विस्तार गर्न सम्झौता भएर काम सुरु भएको थियो ।

नगर विकास आयुक्त कार्यालयले सडक मापदण्डभित्र परेको घरको सीमाङ्कन गरी भत्काउनु पर्ने घरमा रातो चिन्ह लगाए पनि स्थानीयवासीले भत्काउन अवरोध गरेपछि सडक विस्तार हुन नसकेको हो ।

कमेन्ट गर्नुहोस्