काठमाडौं, पौष २२ । नेकपा एमालेलगायत प्रतिपक्षी नौ वटा दलले आयोजना गरेको आमसभामा नेताहरु बोल्ने क्रम शुरु भएको छ ।
सरकारले व्यवस्थापिका संसदमा दर्ता गरेको संविधान संशोधन विधेयकको बिरोधमा “शक्ति प्रदर्शन” गर्ने भन्दै एमालेले राजधानीमा आमसभाको आयोजना गरेको हो ।
एमालेले खुलामञ्चको साटो प्रदर्शनीमार्गस्थित सडकमा मञ्च बनाएर आमसभा गरेकोमा भने सर्वसाधारणले बिरोध गरेका छन् ।
सभालाई एमाले नेता प्रदीप ज्ञवालीले सञ्चालन गरिरहेका छन् । एमालेले शहीदहरुप्रति मौनधारण र राष्ट्रगानबाट कार्यक्रमको शुरुआत गरेको छ ।
आमसभा अघि राजधानीका बिभिन्न भागबाट दलहरुले जुलुस निकालेका थिए ।