प्राधिकरण ज्ञवालीलाई अन्तिम मौका, सोधियो २४ घण्टे स्पष्टिकरण

काठमाडौं, पौष २२ । मन्त्रीपरिषदको बैठकले बर्खास्त गर्न निर्णय गरेका पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई फेरी एकपटक स्पष्टिकरण सोधेको छ ।

यसअघि सात दिनको स्पष्टिकरण सोधिएपछि ज्ञवालीले बुधबार प्रधानमन्त्री कार्यालयमा स्पष्टिकरण बुझाएका थिए । कानुनी अड्चन नआओस् भनेर सरकारले ज्ञवालीसँग फेरी स्पष्टिकरण लिने निर्णय गरेको बुझिन्छ । ज्ञवालीले भने आफूले सन्तोषजनक काम गरेको दावी गर्दै आएका छन् ।

महान्यायाधीवक्ताको कार्यालयले ज्ञवालीलाई पुन स्पष्टीकरण सोधेर मात्र बर्खास्त गर्न सुझाव दिएपछि २४ घण्टे प्रष्टिकरण लेखिएको हो ।

ज्ञवालीले सरकारले सोधेको स्पष्टिकरणको समयमा नै जवाफ दिने बताएका छन् । ज्ञवालीको पछिल्लो स्पष्टिकरणमाथि समेत चित्त नबुझे उनलाई पदमुक्त गरिने करिब करिब निश्चित । सत्तारुढ माओवादी केन्द्र र नेपाली कांग्रेसबीच प्राधिकरणमा कसलाई नेतृत्वमा ल्याउने भन्ने विषयमा गृहकार्य सुरु भएको छ ।

कमेन्ट गर्नुहोस्