एमालेको शक्ति प्रदर्शन बेमौसमी बाजा, देशलाई संकटमा पार्ने षडयन्त्र– नेता यादव

बिराटनगर पौष २२ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले एमालेको आन्दोलन बेमौसमी बाजा भन्दै चर्को आपत्ती जनाएका छन् ।

बिराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता यादवले एमालेको पछिल्लो कदम नेपाली जनताको मनोविज्ञानलाई फुटाउने र नेपाली नेपालीबीच वैमन्यस्य सिर्जना गर्ने काम भएको बताए । “अहिले भनिएको शक्ति प्रर्दशन गरेर मुलुकलाई मुठभेडतर्फ डोर्‍याउने चाल मात्रै हो, यसले नेपाली नेपालीलाई मेठभेडमा लैजाने निश्चित छ” उनले भने ।

सदनमा आफ्ना असहमति राख्ने र प्रस्ताव मन नपरे त्यसको विपक्षमा मतदान गर्नसक्ने अवस्था हुँदाहुँदै जनताको मनोभाव ‘क्यास’ गर्न एमालेले गर्न खोजेको शक्ति प्रर्दशनले जारी राजनीतिक गतिरोध अन्त्य नहुने उनको जिकिर थियो । ।

नेता यादवले एमालेले भनेजस्तो संशोधनको मुद्दा थाती राखेर निर्वाचनमा गएमात्रै आफूहरुले स्वीकार्ने समेत बताए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: