नौ दलद्वारा आयोजित बृहत सभामा विपक्षी दलको यस्ता छन् सरकारमाथि आरोप

काठमाडौं, पुस २२ । सत्ता विपक्षी नौ दलद्वारा आयोजित बृहत सभालाई नेताहरुले सम्बोधन गर्ने क्रम जारी छ । सभामा बोल्न् साना दलका नेताहरुले सरकारमाथि गम्भीर अारोप लगाएका छन् । राष्ट्रिय जनमुक्ति पार्टी लोकतान्त्रिक पार्टीका अध्यक्ष शिवलाल थापाले संविधान संशोधन विधेयक जबरजस्ती ढंगले लैनचौरबाट आएको आरोप लगाए।

भृकुटीमण्डपमा जारी एमालेसहित नौ दलको सभामा बोल्दै उनले भने, ‘सीमांकन केही सकरात्मक भएपनि अरु सबै राष्ट्रघाती भएको छ। नागरिकता भाषालगायतका कुनै पनि प्रावधानमा हाम्रो सहमति छैन।’

मुलुक टुक्र्याउने र राष्ट्रिय अखण्डतामा अप्ठ्यारो पर्नेगरी संशोधन प्रस्ताव आएको बताउँदै थापाले सरकार निर्वाचन नगरी कुर्सीमा टाँसीरहन खाजेको आरोप लगाए।
जनमत हेरेर पुस २४ गतेअघि नै संशोधन विधेयक फिर्ता लिन थापाले सरकारलाई सुझाव दिए। नेपाललाई सिक्किम बनाउन खोजिएको भन्दै उनले लेण्डुप दोर्जेको बाटोमा प्रधानमन्त्री पुष्पकमल दाहाल गएको बताए।

नेपा पार्टीका सांसद लक्ष्मण राजवंशीले संशोधन विधेयकलाई कुनै पनि हालतमा पेश हुन नदिने बताए । सभालाई सम्बोधन गर्दे सांसद राजवंशीले भने ‘कसैलाई प्रधानमन्त्री हुनु होला, कसैलाई सरकार लम्ब्याउनु होला। प्रधानमन्त्री हुनका लागि कसैको आदेशमा नचल्नुस्। जनतालाई ध्यान दिनुस्।’

जनतासँगको सम्बन्ध कहाँ पुगेको छ ध्यान दिन भारतलाई समेत उनले आग्रह गरे। संशोधनकाविरुद्धको खबरदारी एक दिनका लागि मात्रै नहोस् भन्दै उनले सधैंभरी यस्ता खबरदारी जरुरी हुुने बताए।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: