काठमाडौं, पुस २२ । स्थानीय तह पुनर्संरचना आयोगले ७१९ स्थानीय तह हुनेगरी तयार पारेको प्रतिवेदन प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’लाई बुझाउने भएको छ ।
आयोगले तयार पारेको प्रतिवेदनमा देशभरमा महानगर ४, उपमहानगर १२, नगरपालिका २४१ र ४६२ गाउँपालिका प्रस्ताव गरिएको छ । काठमाडौं, ललितपुर, भक्तपुर र पोखरा महानगर बनाउन प्रस्ताव गरिएको छ ।
आयोगको सुझावअनुसार विराटनगर, जनकपुर, हेटौंडा, गढिमाई सिम्रौनगढ, वीरगञ्ज, इटही, धरान, बुटवल, तुल्सीपुर, घोराही, नेपालगञ्ज र टिकापुर उपमहानगर बन्नेछन् ।