राष्ट्रहित विरुद्धका प्रस्ताव पारित हुन दिइने छैन–ओली

काठमाडौं, पुस २२ । एमालेको अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रहीत विरुद्धका कुनैपनि प्रस्ताव पारित हुन नदिने बताएका छन् । संसदमा पेश भएको संविधान संशोधनको विरोधमा सत्ता विपक्षी नौ दलले राजधानीमा आयोजना गरेको बृहत आमसभामा बोल्दै विपक्षी गठबन्धनका नेता समेत रहेका ओलीले काठमाडौका जनता जागिसकेको भन्दै कुनै हालतमा पनि राष्ट्रहीतको प्रस्तावमा एमालेले सहयोग नगर्ने बताएका हुन् ।

‘काठमाडौं उपत्यका र राजधानीमा जागेको यो जागरणलाई देशव्यापी बनाउँछौं । राष्ट्रहितलाई तलमाथि हुन दिँदेनौं । संसदमा यो हैसियतसहित एमाले छ’ उनले भने, ‘हामी राष्ट्रियहितविपरीतको संशोधन प्रस्ताव पारित हुन दिँदैनौं ।’

ओलीले वर्तमान सरकाले संवैधानिक संकट ल्याउन चाहेको आरोप लगाए । शक्ति प्रदर्शन कार्यक्रमलाई संबोधन गर्दै अध्यक्ष ओलीले भने, ‘अनुचित उद्देश्यले निर्माण भएको सरकार अनुचित कार्यतिर नै लाग्दैछ । अहिलेको अवस्था भनेको निर्वाचनमा लागेर देशलाई निकास दिनुपर्ने हो, तर सरकार संवैधानिक संकट ल्याउन चाहन्छ ।’

याे पनि पढ्नुस  भोट दिएपछि के भने अध्यक्ष ओलीले ?

मधेसी मोर्चाप्रति अाक्रामक देखिएका अोलीले संविधान जलाउनेको लागि कुनैपनि हालतमा सहमति जनाउन नसकिने स्पष्ट पारे ।

हिजो संविधान जलाउने च्यात्नेहरुले नै आज संशोधन नगरी निर्वाचन हुन नदिने भन्दै देशमा संकट पैदा गर्न गम्भीर षडयन्त्र गरेको आरोप लगाए ।

उनले जुवाडेले पत्ता खेलेर सम्पत्ति जिते जस्तै संविधान संशोधनलाई अघि सारेर राष्ट्रिय आघात पार्ने काम भएको पनि बताए ।

‘जुवाडेले कौडी फाल्छ, तासका पत्ती फाल्छ जित्यो भने कौडी र पत्ति बोकेर जाँदैन, सम्पत्ति बोकेर जान्छ,’ ओलीले भने, ‘अहिले सरकारले त्यस्तै संशोधनमार्फत् त्यस्तै पत्ति फालेको हो त्यसमा नेपालमा अस्थीरता सिलसिला चलाउने आशय रहेको छ।’

अहिले निर्वाचन गराएर देशलाई निकास दिनुपर्नेमा उनले जोड दिए । अोलीले निर्वाचन गराउने बेलामा सरकार चुनाव गराउन पछि हटेको बताए । उनले २०७४ माघ भित्रमा तीनवटा चुनाव नभए देश संवैधानिक संकटमा फस्न लागेकोमा सरकार संशोधनतिर लागेको भनेर असन्तुष्टी जनाए । अोलीले संविधान कार्यान्वयन नगरेर सरकार किन संशोधनतिर लागेको बुझ्न नसकेको बताए ।

याे पनि पढ्नुस  ओलीले भारत भ्रमणमा राजनीतिक मुद्धामा छलफल नगर्ने

मधेसमा एकलौटी नतिजा

ओलीले मधेशमा अर्को चुनावमा एकलौटी नतिजा ल्याउने दावी गरेका छन् ।  आगामी फागुन दोस्रो सातादेखि मेची–काली अभियानमा नेकपा एमाले जाने घोषणा गरेका छन् । उनले तराईवासीलाई कमजोर नसोच्न चेतावनी दिँदै अब आफ्नो पार्टीले तराईका जनताको बोली बोल्ने उद्घोष गरेका छन् । ‘त्यतिबेला आम सभाको फोटो ड्रोनबाट होइन हेलिकोप्टरबाट खिच्नुपर्छ,’ उनले भने।

ओलीले भने- उपत्यका जागेको छ देश जागेको छ तसर्थ राष्टघातीहरु पराजित हुने निश्चित छ । संविधान संशोधन प्रस्ताव संसदमा गएमा तासका पत्ति खेल्दा हार जित हुंदा तासका पत्ति कसैले पनि लैजादैन तर सम्पत्तिको हार जित हुन्छ । त्यस्तै संविधान संशोधन प्रस्ताव पास भएमा देश विखण्डन हुने ओलीको चेतावनी थियो ।

याे पनि पढ्नुस  नेकपाको संसदीय दलको बैठक बस्दै

संविधान संशोधन विहान आएको ज्वाईले बेलुकी झण्डा हल्लाउदै फर्कने जस्तो राष्ट्रघाती परिस्थिति निर्माणका लागि गर्न लागेको उहाँको आरोप छ । संविधान जारी भएपनि कार्यान्वयन नभएके र अहिले संविधानले तय गरेका संरचना र निकाय गठन गर्न आवश्यक भएपनि सरकार उदासिन भएको उहाँको भनाई छ । त्यसको लागि निर्वाचन आवश्यक भएपनि सरकारको ध्यान त्यता जान नसकेको उहाँको आरोप छ । २०७४ माघ ७ सम्म निर्वाचन नभए प्रधानमन्त्री पद जाने पनि उहाँको भनाई छ ।

मधेसको कुरालाई अघि सार्दै राष्ट्रिय भाषा मैथली, भोजपुरीको ठाउँमा हिन्दी भाषा ल्याउन खोजेको आरोपसमेत उनले लगाए ।

कमेन्ट गर्नुहोस्