शक्तिबाट धम्कीमा स्खलित ‘जन प्रदर्शन’

सबै राष्ट्रवादी बनौं, राष्ट्रवाद जस्तो उच्च सम्मानित शब्दलाई 'केपी ओली'मा सीमित नपारौँ ।

‘बामदेव गौतमको प्रदर्शन छ रे खुल्लामञ्चमा ! कान्छा हिँड्’ ठुलोबुबाको जेठा छोरा युवराज दाइले बोलेको आवाजले सुतेको कान्छाको मन तङ्रिहाल्यो । भनेँ — हुन्छ । दाइले साइकलपछाडि बसाएर स्थानमा पुगे । दाई चिच्याए, ‘कान्छा बामदेवले देश खाने भए, अधिकारी र नेपाल अब साइड्’ ! मैलेपनि ‘हो मा हो’ भन्दै साँझसम्म साथ दिएँ । नभन्दै निर्वाचन आयो, माले लगभग् स्वाहाः को स्थितिमा । मैले गाउँमा नचाहेरैपनि बामदेवको साथ दिएँ, सम्झिएँ बिचरा ।

त्यहि गरिबको ढाडको बेप्रयोगले अझ ठाडो शिर बनाउनेहरूले न यो सोचे, न परिमार्जन नै गर्न सके । उल्टै भन्छन् अनि गर्व गर्छन् शक्ति प्रदर्शन् ।

यो आज भन्दा करिब १७ वर्ष अघिको हो । यो प्रसङ्ग कसैलाई गिज्याउन प्रयोग गरेजस्तो लागेपनि आजको एमालेको प्रदर्शनले स्मरण भएको छ ।

rudra prasad bhattrai
रुद्रप्रसाद भट्टराई

प्रदर्शन, जुलुश, धर्ना राजनीतिक शब्दका दरिला खम्बा हुन्, यसमा कसैको विमत्ति रहँदैन । कुनैपनि कार्यक्रममा मान्छे उतार्नु ठुलो कुरो होइन । हरेक पार्टीका कार्यक्रममा मान्छे उत्रिन्छन् नै । तर हेक्का राख्नुपर्ने कुरा, प्रदर्शित मासहरू कसैका पेवा हुन सक्दैनन । कोहि मनोरञ्जन त कोहि धमिलो पानीमा माछा मार्नपनि सहभागि भएका हुन्छन् । सिद्धान्ततः एजेण्डामा सहमत भएर सहभागिता न्यून हुन्छ । त्यसैले प्रदर्शन तथा जुलुसहरूले समग्रतामा को शक्ति सञ्चयको परिभाषा दिन सक्दैनन्, यदि प्रदर्शन स्वफूर्त भएन भने !

प्रदर्शनले जुन सकारात्मकता दिनुपर्नेथियो त्यो देशभित्र कहिल्यै हुन सकेन, बरु यसलाई धम्की र निहित स्वार्थका लागि प्रयोग गर्ने कुराले प्रदर्शन या बन्द, हडताल आफैमा अस्वीकार्य र आलोचित हुँदै आएको छ ।

प्रदर्शनमा पैसा, बच्चा, महिला र सपनाको प्रयोग नेपालमा नयाँ होइन । पूर्णकालीन कार्यकर्ता नभएपनि सरकारी या नीजि जागिर लगाएको र गुन लगाएको भरमा चिसो मौसममा नाङ्गो छाति र चिन्डे टाउकोमा पोष्टर लगाएका ‘गरिब’हरूको समर्थनले संगठनको गरिमा गिराएका घटनापनि नभएका होइनन् । तर त्यहि गरिबको ढाडको बेप्रयोगले अझ ठाडो शिर बनाउनेहरूले न यो सोचे, न परिमार्जन नै गर्न सके । उल्टै भन्छन् अनि गर्व गर्छन् शक्ति प्रदर्शन् । प्रदर्शनले जुन सकारात्मकता दिनुपर्नेथियो त्यो देशभित्र कहिल्यै हुन सकेन, बरु यसलाई धम्की र निहित स्वार्थका लागि प्रयोग गर्ने कुराले प्रदर्शन या बन्द, हडताल आफैमा अस्वीकार्य र आलोचित हुँदै आएको छ ।

‘दलहरुमा शक्ति प्रदर्शनको भ्रम र स्खलन’

०५२ सालमा माओवादीले ‘जनयुद्ध’को सुरुवात गर्यो । उनीहरुको भाषामा यो ‘असफल क्रान्ति’ले नयाँ जनवादको स्थापना गर्न नसकेपनि गणतन्त्र, संविधानसभा र समावेशीतालाई प्राप्त गरेरै छोड्यो । यद्यपी यसको अनुभूति उनीहरुले भन्ने गरेको वर्गले अझैपनि गर्न सकेको छैन ।

निम्न वर्गलाई लक्षित गर्दै वर्गीय आन्दोलन गरेको जनयुद्दले धेरै हदसम्म प्राप्ती गर्यो । तर यसले जुन वर्गलाई हिजो प्रदर्शन या क्रान्तिमा उतारेको थियो, उनीहरुका लागि भने गुणात्मक परिवर्तन गर्न सकेन । यसबाट कुन तह या वर्गको फाइदा भयो भन्ने कुरा बहस हुनसक्ला । तर अधुरो रहेपनि राजनीतिक चेतनाको स्तर, समुदायमा आवाजको प्रखरता र सत्तामा सचेतन सहभागिताको हुटहुटी भने यसले अवश्य नै जगायो ।

परिणाम उल्टियो, भेला भएका र माहौल मालेका नभएर अन्य दलकै रहेछन् ।

बिडम्बना, देखाइएका आशाहरू चाङ—थाक लागेरसमस्या यावत रहँदा रहँदैपनि माओवादी एक रहन सकेन । परिणाम ती भेला, सहकार्य र एकता अहिले कथा बनेको छ, जुन अब पुरा हुने सम्भावनापनि देखिँदैन, किनकी छुट्टिएर गएका नेता अब थान्को लाग्ने बेला भएका छन् । उनले एकताका सञ्चय गरेको शक्ति जुट्ने अवस्था देखिँदैन । पहिलो संविधानसभामा यही ‘मासको शक्ति’ देखाएको माओवादी आफ्नो वर्ग छोडेर तत्कालिन राजनीतिक लाभमा दौँडिदा त्यहि इतिहास सम्झेर बसेका छन् । पछुताएका छन् ।

maoist

०५४ मा एमाले फुट्यो । बामदेव गौतम लगायतले पार्टी छाडेर गए । त्यसबेला खुल्लामञ्चको प्रदर्शन देख्दा लाग्थ्यो बामदेवले देश खाए । मासले त्यहि आँकलन् गरेको थियो । परिणाम उल्टियो, भेला भएका र माहौल मालेका नभएर अन्य दलकै रहेछन् ।

जनताप्रतिको इमान्दारिता र राजनीतिक एजेण्डामा प्रष्टता नहुने अवस्थामा कुनै अमुक समयमा अमुक उद्देश्यका लागि उतारिएको जनशक्तिले खासै अर्थ राख्दैन ।

काँग्रेस फुट्यो ०५९ सालमा, शेरबहादुर देउवा र गिरीजाप्रसाद कोइरालाको रोशमा फुट्न गएको थियो । आफ्ना मान्छेले एकाथरि चर्चा गरेपनि देउवाको दम्भले पार्टी फुटाएको वा गिरिजाको ? वास्तवमा अनुत्तरीत नै छ । टुक्रा भएको काँग्रेसले न राम्ररी काम गर्न सक्यो न सारथी बन्न सकेको थियो । छुट्टै प्रदर्शन र संगठनमा जत्ति नै लिप्त रहेपनि सम्पूर्ण भेला र प्रदर्शनहरू फितला बने । त्यसैको सन्देशले हुनसक्छ अहिले काँग्रेस फुट्ने भन्दापनि गुट बनाउन व्यस्त छन् तर नफुट्ने बाचामा करिब अडिग देखिएका छन् ।

यी उदाहरणहरुले के देखाउँछन् भने जनताप्रतिको इमान्दारिता र राजनीतिक एजेण्डामा प्रष्टता नहुने अवस्थामा कुनै अमुक समयमा अमुक उद्देश्यका लागि उतारिएको जनशक्तिले खासै अर्थ राख्दैन । दीर्घकालमा सबैका लागि आफ्नो वर्ग, वर्ग आधार, राजनीतिक सिद्धान्त र एजेण्डा नै प्रधान हुने कुरा यसले पुष्टि गर्छ । दलहरु फुटेपनि जुटेपनि, लाखौं मानिस उतारेपनि सबैभन्दा ठूलो कुरा राजनीतिक इमान्दारिता हो । एमालेको आजको प्रदर्शनबाट मख्खिएकाहरुले यो कुरा बुझ्नु जरुरी छ ।

अर्कोतर्फ नेपाली समुदायमा बिस्तारै राजनीति र यस्ता प्रदर्शनप्रति वितृष्णा बढिरहेको छ । रमिता हेने, लाभ लिने र पेशेवर कार्यकर्ताबाहेक आम मानिसका लागि यस्ता प्रदर्शन व्यर्थ भइरहेका छन् । यस्ता प्रदर्शन र भेलामा उत्तेजीत हुने अब त्यो जमाना पनि छैन । राष्ट्र र राष्टियता त्यतिबेला दरिलो हुन्छ जुनबेला हामी सबै मिल्न सकिन्छ । हो त्यसबखतको प्रदर्शन चाहिँ देशले खोजेको हो न की देखावटी ।

शक्ति प्रदर्शन राष्ट्रिय समस्या हल गर्न

मिलेर संविधान निर्माण गर्यौँ भने सबैकाम मिलेर गर्न सक्छौँ । एकक्षणको सत्ता स्खलनलाई दिर्घकालीन मुद्धा बनाउनुको साटो सहकार्य गरेरै संविधान संशोधन, सीमांकन आदि मुद्धाहरू किनारा लाग्छन् र संविधानको कार्यान्वयन गर्न सकिन्छ । फेरी कौनसा कठोर संविधान हो र ? समाधान यहिँ हुँदाहुँदैपनि बेमौसमी बाजाले ०५४ को बामदेव, ०५९ को देउवा र भर्खरैको वैद्य बाहेक केहि हुन सक्दैन, जुन अहिले एमालेले रोज्दैछ । त्यसैले शक्ति त्यस्तो सञ्चय गरौँ जो दीर्घ होस्, त्यसलाई मात्र प्रदर्शित गर्ने अधिकार हुन्छ । हुँदै नभएको मुद्धालाई मनगढन्ते देश बेचेको नारा दिएर आफ्नो इतिहासका गल्तिलाई ढाकछोप गर्न प्रपञ्च रचेको मात्र बुझिन्छ । कीनकी देशको माया एमालेलाई जति छ अरुलाई त्योभन्दा कम हुन सक्दैन । राष्ट्र बेच्ने आरोप लगाउन उसलाई कसले अधिकार दियो ? ।

समय बिग्रेको पनि होइन र नबिग्रीयोस् पनि । समयमै रोकथामका अनेक उपायहरू जीवित नै छन् । बरु सत्तामा सबै जाऊँ, उघारेको संविधानको थैलोलाई कार्यान्वयनमा ल्याऊँ । कम्तिमा यो संक्रमणकाललाई पार लगाऊँ, त्यसपछि त सबै सार्वभौम हुने अवस्था छँदैछ नी । नत्र जुनबेला शक्तिको आवश्यकता पर्छ त्यहिबेला कथाको जस्तो साँच्चै बाघ आयो भने नयाँ पुस्ताले कहिल्यै माफ गर्नेछैनन् । यसकारण सबै राष्ट्रवादी बनौ, उच्च सम्मानीत शब्दलाई केपी ओलीमा सीमित नपारौँ । गर्विलो प्रदर्शनमा जोड दिऊँ न की एकलाखको । अनिमात्र सम्पूर्णको प्रदर्शन हुनेछ र प्रदर्शन शब्द स्खलितपनि हुनेछैन । शक्तिको ताज पहिरहनेछ ।

कमेन्ट गर्नुहोस्