सिंहदरबारलाई जनताकाबीचमा लैजाने प्रयास जारी छः ऊर्जामन्त्री

पर्सा, पुस २३ । ऊर्जामन्त्री जनार्दन शर्माले सिंहदरबारभित्र जनताका काम नगर्ने र पन्छाउने प्रवृत्तिले देश विकास नभएको बताएका छन् ।

पर्सा जिल्लाको ठोरीमा विद्युतीकरणको शुक्रबार उद्घाटन गर्दै उनले सिंहदरबारलाई जनताकाबीचमा लैजाने प्रयास आफूले गरेको बताए ।

‘नेपालको पानी जनताको लगानी अभियानमा लामबद्ध हुन’ उनले सबैलाई आग्रह गरे।
सो अवसरमा ऊर्जा राज्यमन्त्री सत्यनारायण भगतले ठोरीको विद्युतीकरणले समग्र पर्साको विकासमा सहयोग पुग्ने विश्वास गरे ।

ऊर्जा सचिव अनुपकुमार उपाध्यायले विद्युत् चोरी नियन्त्रण गर्न जनताको साथ आवश्यक रहेको बताए ।  नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले केही समयमै ठोरीको विद्युत् भार कटौती अन्त्य गर्ने बताए । रासस

कमेन्ट गर्नुहोस्

%d bloggers like this: