बसको ठक्करबाट साइकल यात्रुको मृत्यु

विराटनगर, पुस २३  । यात्रुबाहक बसको ठक्करबाट गए राति साइकल यात्रुको मृत्यु भएको छ ।

विराटनगर–२० स्थित राधाकृष्ण मन्दिर नजिक बस्ने ४० वर्षीय ललित महतोको मृत्यु भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय, विराटनगरले जनाएको छ ।
शुक्रबार साँझ विराटनगर–२० स्थित झमेली चोकमा बा२ख ५०९३ नंको बसले ठक्कर दिएपछि उपचारका लागि कोसी अञ्चल अस्पताल लग्ने क्रममा बाटामै उनको मृत्यु भएको हो । रासस

कमेन्ट गर्नुहोस्

%d bloggers like this: