‘हैन, यो भाँडो कस्तो हो’?

काठमाडौं, पुस २३। पहिलोपटक एउटा कार्यक्रममा माइक समातेर बोल्ने मौका पाएकी सिन्धुपाल्चोककी यी महिलाले हातमा माइक समात्न पाउने वित्तिकै हाँस्दै भनिन, हैन यो कस्तो भाँडो हो?

6

उनको त्यो शव्दले वरिपरि बसेका अरु महिलाहरु पनि गलल्ल हाँसें । भिडको हाँसोले उनलाई केही बोल्ने प्रेरणा मिल्यो र आफ्ना कुरा सुनाउन थालिन् । त्यहाँ उनी जस्तै अन्य महिलाहरु पनि माइकमा बोल्ने पालो कुरेर बसेका थिए ।

याे पनि पढ्नुस  चिसो बढेसंगै भूकम्पपीडितको जनजीवन कष्टकर बन्दै

img_2561

विनासकारी भुकम्पपछि सिन्धुपाल्चोकमा थुप्रै संघसंस्थाहरु विभिन्न सामाजिक कार्यक्रममा सक्रिय हुन थालेका छन् । ती महिलाहरुसिन्धुपाल्चोक जिल्लाको उत्तरी गाविसहरु हगाम, जलविरे र पाङताङ गाविसमा अक्सफामको सहयोगमा जनहित ग्रामिण सेवा समितिले संचालन गरेका कार्यक्रमका बारेमा आयोजित सार्वजनिक सुनुवाईका सहभागि भएका हुन् ।

याे पनि पढ्नुस  घुम्ती शिविरबाट पाँच सयलाई नागरिकता

img_2864

उनीहरुले गरेका कामका बारेमा स्थानिय गाविस सँगको समन्वयमा छलफल तथा अन्तरक्रिया पनि गर्ने गर्छन् ।
यसरी गाउँमा गरिने अन्तर्क्रिया र छलफलले घरभित्रै चुलो चौका गरेर बसेका महिलाहरुको क्षेत्रलाई थोरै भएपनि बढाइदिएको छ । त्यहाँ सहभागी महिला तथा पुरुष मध्ये धेरैले त पहिलोपटक माइक समातेका थिए ।

याे पनि पढ्नुस  सभामुखले भेटे प्रधानमन्त्री, सिन्धुपाल्चोककाे भौगर्भिक अध्ययन र पीडितलाई स्थानान्तरण गर्न माग

img_2707

img_2574

जनहितले अक्सफाम संगको सहकार्यमा आपतकालीन खाद्य सुरक्षा तथा जिविकोपार्जन, आवास, खानेपानी, स्वच्छता तथा सरसफाई लगाएतका क्षेत्रमा काम गर्दै आएको संस्थाका कार्यकारी निर्देशक राजेन्द्र शर्मा बताउँछन् ।

4

 

कमेन्ट गर्नुहोस्