अकोराबको अध्यक्षमा खतिवडा निर्वाचित

काठमाडौं, पुस २३ । सामुदायिक रेडियो प्रसारक संघ नेपाल (अकोराब) का अध्यक्षमा सुवास खतिवडा निर्वाचित भएका छन् ।

काठमाडौंमा भएको संघको १२ औँ साधारणसभा तथा छैटौँ अधिवेशनबाट तीन वर्षीय कार्यकालका लागि उनी  निर्वाचित भएका हुन् । उनले एक सय ४२ मत ल्याई किशाेरज‌ंग थापालाई पराजित गरेका हुन् ।

उनका प्रतिद्वन्द्वी थापाले एक सय ३२ मत ल्याए । कुल दुई सय ८७ मतदातामध्ये दुई सय ७६ जनाले मतदान गरेका थिए । यसैगरी वरिष्ठ उपाध्यक्षमा अर्जुन गिरी, उपाध्यक्ष (महिला) मा शशीकला दाहाल, उपाध्यक्ष (मधेस) मा निमेष कर्ण र उपाध्यक्ष (जनजाति) मा अर्जुनकुमार राई विजय भएका छन् ।

सङ्घका महासचिवमा गोविन्द देवकोटा, सचिवमा वन्दना दनुवार र कोषाध्यक्षमा लक्ष्मण खड्का निर्वाचित भए ।

खतिवडासहित २१ सदस्यीय नयाँ कार्यसमिति  निर्वाचित भएको निर्वाचन समितिका सदस्य नेत्र केसीले जानकारी दिए ।

यसैगरी सदस्यमा खुलातर्फ कपिलदेव खनाल, विष्णु अवस्थी, टीकाजङ्ग थापा, धुव्रराज ढकाल, शुक्रराज भण्डारी, महिलामा धनलक्ष्मी शाही र ललिता कुश्मी, मधेसीमा अजयकुमार यादव र रामभरोसी महतो, जनजातिमा मिलन गाहा र गणेशकुमार श्रेष्ठ तथा दलितमा पूर्णवहादुर विक विजयी भए ।

त्यस्तै सात प्रदेश समितिका अध्यक्षका क्रमशः बच्चुनारायण विक, अशोक दत्त, कृष्णहरि घिमिरे, शान्ति गुरुङ, केपी घिमिरे, रमेशकुमार गौतम र दीर्घराज उपाध्याय निर्वाचित भएको छ । प्रदेश अध्यक्ष संघको कार्यसमितिको पदेन सदस्य रहने व्यवस्था छ ।

अधिवेशनको शुक्रबार सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले उद्घाटन गरेका थिए ।

रासस

कमेन्ट गर्नुहोस्

%d bloggers like this: