धादिङमा जीपको ठक्करबाट एक जनाको ज्यान गयो

धादिङ, पुस २३ । धादिङमा जीपले ठक्कर दिँदा एक जनाको ज्यान गएको छ । काठमाडौंबाट मनाङका लागि छुटेको बा १५ च ४४८२ नम्बरको जीपले नौविसे ४, कानाकोटमा ठक्कर दिँदा अन्दाजी ६५ वर्षका सानु थापाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

घटनापछि स्थानीय बासिन्दाले धादिङ–नौबिसे सडकखण्ड अवरुद्ध गरेका हुन् । प्रहरीले बल प्रयोग गरेर भएपछि बाटो खुलाउने प्रयास गरिरहेको छ

प्रहरीले ठक्कर दिने जीप चालकलाई पक्राउ गरेको छ ।

सांकेतिक तस्वीर

कमेन्ट गर्नुहोस्