महायज्ञमा एक करोड भन्दा बढी सङ्कलन

पाल्पा, पुस २३ । गङ्गा माध्यमिक विद्यालय रामपुरमा सञ्चालन भइरहेको श्रीमद भागवत धनधान्याञ्चल ज्ञान महायज्ञमा रु.एक करोड २६ लाख २६ हजार ६६४ बराबरको जग्गा र रकम संकलन भएको छ ।

विद्यालयमा प्राविधिक शिक्षा सञ्चालन गर्ने उदेश्यले आयोजना गरिएको सो महायज्ञमा पाँचौं दिनसम्म रु ३२ लाख ८४ हजार ७८१ नगद र रु ९३ लाख ४१ हजार ८८३ बराबरको जग्गा दान संकलन भएको लेखासमिति संयोजक खगेन्द्र न्यौपानेले बताए ।

अहिलेसम्म ६ सय मुरी धान सङ्कलन भएको छ । महायज्ञका अवसरमा अहिलेसम्म २० जनाले तुलादान गरेका छन् ।

गत पुस १८ गतेबाट सञ्चालन भएको महायज्ञ आउँदो पुस २५ गतेसम्म सञ्चालन हुनेछ ।

महायज्ञमा पण्डित नारायणप्रसाद न्यौपानेको मुखारविन्दबाट संगीतमय शैलीमा कथा वाचन भइरहेको छ ।

रासस

कमेन्ट गर्नुहोस्

%d bloggers like this: