जलविद्युत लगानी गर्न निजी लगानीकर्तालाई आग्रह

पर्सा, पुस २३ । ऊर्जामन्त्री जनार्दन शर्माले सरकारले जलविद्युत क्षेत्रमा निजी लगानीकर्तालाई समेत लगानी गर्ने अवसर दिएकाले उद्योगी–व्यापारीले यसबाट फाइदा उठाउनुपर्ने बताएको छ ।

वीरगन्ज उद्योग वाणिज्य संघद्वारा आज यहाँ आयोजित व्यापारीसँगको अन्तरक्रियामा उनले जलविद्युत विकास भएमात्र देशको आर्थिक विकास हुने बताए ।

याे पनि पढ्नुस  उर्जामन्त्री शर्मा र सिइअो कुलमानलाई असहयोग गर्ने सञ्चालकसँग स्पष्टीकरण मागियो

उनले वर्तमान सरकारले नेपालको पानी जनताको लगानी अभियान अघि सारेकाले नेपालको नदीनालामा निजी क्षेत्रले लगानी गरी ऊर्जा संकटलाई समाप्त पार्नुपर्नेमा जोड दिए ।

मन्त्री शर्माले देश संघीयतामा गइसकेकाले अब देशको आर्थिक विकास र समृद्धिका लागि बढी भन्दा बढी जलविद्युतको उपयोग गर्नुपर्ने धारणा राखे ।

याे पनि पढ्नुस  मुलुकमा विद्युत क्रान्ति शुरु भयोः ऊर्जामन्त्री शर्मा

वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष प्रदीपकुमार केडियाको अध्यक्षतामा भएको सो कार्यक्रममा यहाँका व्यापारीहरुले वीरगन्जले खेप्दै आएको ऊर्जा संकटको अन्त्य गर्न माग गरेका थिए ।

रासस

कमेन्ट गर्नुहोस्