बाग्लुङमा फल्यो तीन हजार मेट्रिक टन सुन्तला

बागलुङ, पुस २३ । बाग्लुङमा यो वर्ष रु तेह्र करोड भन्दा बढीको सुन्तला उत्पादन भएको छ ।

जिल्लामा गत वर्षको तुलनामा यो वर्ष १० प्रतिशतले उत्पादन बढेको छ । जिल्लाभरि तीन हजार ४०० मेट्रिक टन सुन्तला उत्पादन भएको जिल्ला कृषि विकास कार्यालय बागलुङका कृषिप्रसार अधिकृत विप्लब अधिकारीले जानकारी दिए ।

सरदर रु. ४० प्रति किलोमा बिक्री भएको सुन्तलाबाट किसानले रु १३ करोड ६० लाख आम्दानी गरेका छन् ।

कात्तिक–मङ्सिरमा रु. ३५ देखि ४० मा बिक्री हुने सुन्तलाको मूल्य अहिले बढेर रु. ६० देखि ७० पुगेको छ । कुल उत्पादनमध्ये ७० प्रतिशत जिल्ला बाहिर निकासी र ३० प्रतिशत सुन्तला जिल्लामै खपत हुन्छ ।

यो वर्ष जिल्लामा पाँच सय ९८ हेक्टर क्षेत्रफलमा सुन्तलाखेती भएको छ । अघिल्लो वर्षसम्म चार सय ९७ हेक्टर क्षेत्रफलमा सुन्तलाखेती भइरहेको थियो । गत वर्ष चार सय ९७ हेक्टर क्षेत्रफलमा जम्मा दुर्इ हजार ९९६ मेट्रिक टन सुन्तला फेलेको थियो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: