पाइलट बाबाको आश्रममा मनिषा

पुस २३ । बलिउडमा चर्चित नाम हो मनिषा कोइराला । जो नेपाली छोरी भएर पनि बलिउडमा राम्रै जम्न सफल भएकी थिइन् ।

आफ्नो वैवाहिक जीवनको असफलतासँगै पाठेघरको क्यान्सरका कारण थला परेकी नायिका मनिषा कोइराला लामो समयको उपचार पश्चान हाल भने भारत, मध्यप्रदेशको उज्जैनस्थित पाइलट बाबाको आश्रममा भेटिइन् ।

आमासँगै पाइलट बाबाको आश्रममा बसेर मनिषाले त्यहाँ क्षिप्रा स्नानदेखि जप–तप र योगमा सहभागी देखिन्थन् ।

क्यान्सरको सफल उपचारपश्चात बलिउडमा फर्किएपनि कार्यक्षेत्रभन्दा बढी धर्मकर्ममा नै मनिषा लागेको उनी बताउँछिन् ।

हाल पनि एक फिल्मकोउ छायांकनको सिलसिलामा सिम्ला पुगेकी मनिषा उज्जैनमा सिंहस्थ मेला सुरु भएपछि उनी सुटिङ छाडेर पाइलट बाबाको शरणमा पुगेकी हुन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: