प्राधिकरणका सिइओ ज्ञवालीले बुझाए दोस्रो स्पष्टिकरण

काठमाडौं, पुस २४ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशील ज्ञवालीले सरकारलाई दोस्रो स्पष्टिकरण बुझाएका छन् ।

ज्ञवालीले बिहान ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेर दोस्रो पटक सोधिएको २४ घण्टे स्पष्टिकरण बुझाएका हुन् । ६ पृष्ठ लामो स्पष्टिकरणमा ज्ञवालीले आफूले कर्मचारी र सरकारको असहयोगले काम गर्न नसकेको बताएका छन् ।

पुस १४ गते बसेको मन्त्रिपरिषद् बैठकले पुननिर्माणमा ढिलाइ भएको र काम सन्तोषजनक नभएको भन्दै ५ वटा विषयमा ज्ञवालीलाई ७ दिने स्पष्टीकरण सोधेको थियो । ज्ञवालीले बुधबार प्रधानमन्त्री र सरकारी निकायहरूकै असहयोगका कारण पुनर्निर्माणमा समस्या भएको भन्दै ७२ पृष्ठ लामो लिखित जवाफ बुझाएका थिए। मन्त्रिपरिषद्ले त्यो जबाफ चित्तबुझ्दो नभएको भन्दै बिहीबार पुनः २४ घन्टे स्पष्टीकरण सोधेको थियो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: