काठमाडौं, पुस २३ । माओवादी केन्द्रका नेता एवं पुर्व गृहमन्त्री शक्ति बहादुर बस्नेतले संघीयता सफलता पुर्वक कार्यान्वयन गरिए भोलि कर्णालीले काठमाडौंलाई समृद्धि बाड्न सक्ने वताएका छन्।
शनिबार अखिल(क्रान्तिकारी)डोल्पा–काठमाडौं सम्पर्क समितिद्वारा राजधानीमा आयोजित कार्यक्रममा वोल्दै बस्नेतले भने–‘प्राकृतिक स्रोत,जडिबुटी,पर्यटनका दृष्टिले निकै अगाडि रहेको कर्णालीले भोलि काठमाडौंलाई समेत आर्थिक समृद्धि वाँड्न सक्छ।’
बस्नेतले कर्णाली आर्थिक रुपमा सबल भएमा काठमाडौंले कर्णालीलाई नभएर कर्णालीले काठमाडौंलाई दिने युग शुरु हुने दावी गरे।
कर्णाली प्रदेश लामो समयदेखि राज्यसत्ताको आँखावाट उपेक्षामा परेको वताउँदै नेता बस्नेतले भने–‘अहिले कर्णालीका जनता सिरानीमा सुन राखेर नुन खोज्न भौतरिरहेका छन्।’ काठमाडौं केन्द्रित विकासको क्षेत्रीय असन्तुलनको मारमा कर्णाली परेको वस्नेतको जिकिर थियो ।
कार्यक्रममा अखिल (क्रान्तिकारी)का अध्यक्ष नरेन्द्र न्यौपानेले क्रान्तिकारीको ऐजेण्डामा हुन गइरहेको स्ववियु निर्वाचनमा जुट्न अपिल गरे।
कार्यक्रममा पुर्व मन्त्री सत्या पहाडि,पुर्व मन्त्री नरबहादुर वुढाथोकी, विद्यार्थी नेताहरु सुरेन्द्र बस्नेत, पञ्चा सिह, पुरन केसि, केशव शाह लगायतको सहभागिता रहेको अखिल (क्रान्तिकारी)का सचिवालय सदस्य योगेन्द्र वुढाले जानकारी दिए।