संविधानमा पासो बनेको नव राष्ट्रवादी गलगाँड

महाकालीदेखि अपर कर्णालीसम्म गरेका दर्जनौं राष्ट्रघातमा हिनताबोध सुन्न पाइएन 'शक्ति प्रदर्शन’को आमसभामा

सत्तावाट बाहिरिनु परेपछि एमाले आज वेजोड राष्ट्रवादी भएको छ र उसको राष्ट्रवादको घैंटो छचल्किएर भृकुटीमण्डप वरिपरि पोखिएको छ । यस्तो मौसमी राष्ट्रवादले राष्ट्रियतालाई कति बलियो बनाउला त्यो त केही समयपछि प्रमाणित हुने नै छ । तर यस्तो राष्ट्रवादको तरंग ल्याउने एमालेले विगतमा गरेका दर्जनौ राष्ट्रघाती कामहरुका लागि कतै आत्मआलोचना पो गर्छ की भनी यो पंतिकारले कान ठाडा पारेको थियो । तर एमाले नेतृत्वबाट सारा समय विपक्षी दल, सरकार र संविधान संशोधन विधेयकको आलोचनामा खर्च ग¥यो ।

काठमाडौंमा एमालेले देखाएको तमासा र वोलेका कुराले “सयौ मुसा खाएर हज गर्न गएको” बिरालोको स्मरण गरायो । एमालेको राष्ट्रवाद देख्दा यसलाई पालित पोसित गर्ने भारतीय मालिकहरु पनि अचम्म मान्दा हुन् । कतै एमालेले पाँच महिनाको कसरतमा जम्मा गरेको भीडमा महाकाली सन्धिका पक्षमा पार्टीमा निर्णय गराउन पटक पटक मतदानको नाटक रचेको र अन्त्यमा अस्पतालमा सुतेका पार्टी अध्यक्ष मनमोहनका नामको भोट के.पी. ओलीका हनुमान वैकल्पिक सदस्यबाट हाल्न लगाएर एकमत अन्तरले भारतीय विस्तारवादको पक्षमा मतदान गराउनु गल्ती थियो भनी आत्मआलोचना गरेको सुनिएला कि भन्ने आस गरेको, त्यो सुन्न पाइएन ।

महाकाली सन्धि पारित गर्नु अघि सो सन्धि पछि विजुली उत्पादन भएर स्याटलाइटवाट चीनलाई वेच्ने र वर्षेनी एक खर्व बीस अर्व रुपैया नेपाल आउछ भनी तत्काल भाषण गर्ने एमाले त्यो एक खर्व बीस अर्व कहाँ आयो वा आफूले हावादारी कुरा गरेर भारतीय विस्तारवादको सेवा गरेकोमा पश्चाताप पो गर्दछन् की भनेको अव्वल राष्ट्रवादी महोदयहरुवाट त्यस्तो केही सुन्न पाइएन ।

अनी महाकाली सन्धिले नेपाली नदीको पानीमा भारतीय विस्तारवादको एकाधिकार कायम भएको वाढी आउँदा नेपालतिर र सुख्खा हुँदा भारततिर गरिने पानीको वहावले सीमानाका जनता चपेटामा पर्नुमा आफ्नो भूमिका भएकोमा माफी माग्छन् की भनेको, त्यो पनि सुन्न पाइएन ।

नवराष्ट्रवादी एमाले गणले दोस्रो जन आन्दोलन पछि निर्वाचित सरकारले पशुपतिनाथको मन्दिरमा भारतीय पुजारी हटाई नेपाली पुजारी राख्ने र पशुपतिनाथ मन्दिरको आम्दानी पारदर्शी बनाउने निर्णय गरेकोमा नेपाल सरकारको कदम उल्ट्याउन भारतीय राजदूत राकेश सुदको पछि लागेर आन्दोलन गरेको र भारतसँग मिलेर प्रचण्डलाई देखाई दिन्छौं भनेकोमा राष्ट्रघाती काम गरिएछ भनी आत्मालोचना गर्दछन् की भनेको, त्यो पनि सुन्न पाइएन ।

प्रजातान्त्रिक पद्धतिमा दुई दुई ठाउँवाट चुनाव हारेका माधवकुमार नेपाल कसको डिजाइनमा र कसले खडा गरिदिएको गठबन्धनको प्रधानमन्त्री भए भन्ने कुरा जनताले अहिले नै विर्सिसकेका छैनन् ।

जननिर्वाचित सरकारको आदेश अटेरी गर्ने र राजनीतिमा संलग्न हुने एक अनुशासनहिन सेनापतिलाई कानुनको प्रक्रिया पुरागरी कारवाही गर्दा दक्षिणतिरको संस्थापनले आफ्नो मानिस भनी थमौती गर्न दिएको निर्देशनको पालना गरी कार्यकारी प्रधानमन्त्रीले गरेको निर्णय उल्टाउन संबैधानिक राष्ट्रपतिलाई उक्साउने अनी त्यसैको पुरष्कारस्वरुप दक्षिणको डिजाइनमा प्रधानमन्त्री वन्नु राष्ट्रघाती काम भएछ भनी नवराष्ट्रवादी एमालेगणवाट स्पष्टीकरण आउँछ की भनेको, त्यो पनि सुन्न पाइएन ।

प्रजातान्त्रिक पद्धतिमा दुई दुई ठाउँवाट चुनाव हारेका माधवकुमार नेपाल कसको डिजाइनमा र कसले खडा गरिदिएको गठबन्धनको प्रधानमन्त्री भए भन्ने कुरा जनताले अहिले नै विर्सिसकेका छैनन् । राष्ट्रियताकै पक्षमा दह्रोसंग अडान लिएको, भारतीय इशारामा नचलेकै कारण रुक्मांगत काण्ड मच्चाएर प्रचण्डलाई प्रधानमन्त्री पदवाट हटाई भारतीय कठपुतली सरकारको नेतृत्व लिने एमाले गणले त्यसरी सरकार वनाउनु, कठपुतली सरकारको नेतृत्व गर्नु गल्ती भयो भनेको कतै सुन्नमा आएको छैन ।

राष्ट्रपतिको त्यही कू तथा त्यसपछि भएको भारतीय हस्तक्षेप विरुद्ध लड्ने लम्पसारवादी अनि उनीहरुको इशारामा नाच्ने कठपुतली चै खाट्टी राष्ट्रवादी हुने राष्ट्रवादको अनौठो परिभाषा एमाले मण्डली र एमाले समर्थक एन.जि.ओ.का वुद्धिजिवीहरुले जवरजस्त स्थापित गर्न खोजेका छन् । एन्.जि.ओ.को पैसा वेगर चुलो नवल्ने खाँट्टी राष्ट्रवादीहरुका यस्ता कथन सुन्दा यिनका दाताहरु कति हाँस्दा हुन ।

कटवाल काण्डपछि चलेको भारतीय विस्तारवादको दवदवालाई चक्मा दिँदै झलनाथ खनाललाई प्रधानमन्त्री वनाउने राष्ट्रघाती र भारतीय इशारामा आफ्नै पार्टीको सरकार गिराउने चै राष्ट्रवादी भनी गल्ती गरिएछ भन्ने पछुताव पनि कहिं कतै सुन्न पाइएन ।

यो परम्परा र व्यवस्था के.पी. ओलीलाई प्रधानमन्त्रीको कुर्सीबाट हटाउनकै लागि भारतले हालै आविष्कार गरिदिएको हो भनेझै एमाले गणहरु वर्वराएका छन् ।

आफूसँगै वसेका चित्रवहादुरले माथिल्लो कर्णालीमा भएको राष्ट्रघातको साक्षी वस्नुपर्दाको पीडा ओकल्दा एमालेगणको राष्ट्रवाद कुन खोलामा भैंसी चराउन गएको थियो ? अनी आफू प्रधानमन्त्री भएका वेला उपप्रधानमन्त्री कमल थापालाई दुत वनाई पटक पटक दिल्ली दौडाएका उखान शिरोमणि केपी ओलीले त्यो सबै नेपाली जनताले भुसुक्कै विर्षेको होलान भनी त्यो कुराको कुनै हिनताबोध एमाले सभामा पाइएन ।

संसदीय पद्धतिमा सरकारको गठन संसदले गर्दछ र संसदको वहुमत गुमाएपछि सरकारवाट हट्नुपर्छ भन्ने कुरा खाँट्टी संसदवादी एमाले दलका वुद्धिजिवीहरुले वुझ्ने दिन कहिले आउने हुन् । अनी यो परम्परा र व्यवस्था के.पी. ओलीलाई प्रधानमन्त्रीको कुर्सीबाट हटाउनकै लागि भारतले हालै आविष्कार गरिदिएको हो भनेझै एमाले गणहरु वर्वराएका छन् ।

संविधान कार्यान्वयनका लागि सहजीकरण गर्न ल्याइएको संसोधन विधेयकलाई अगाडि वढ्न नदिने अनि संविधान कार्यान्वयन भनी वतुराउने एमालेको कार्य हलो अड्काएर गोरु चुटने भन्दा अरु केही होइन ।

अनी एमालेलाई वोकीरहँदा र हावादारी उखान टुक्का सुन्दासम्म राष्ट्रवादी अनी काँध झिक्दासाथ राष्ट्रघाती हुने अनौठो राष्ट्रवादबाट लठ्ठिएका अनी सत्तावाट विमुख हुनाका पीडाले वौलाएका झुण्डमा प्रजातान्त्रिक पद्धति र उत्तरदायित्वको कुरा गर्नु भैंसीका अगाडि विणा वजाए जस्तै हो । जवबसम्म एमाले मण्डलीहरु यो यथार्थलाई महसुस गरेर धरातलमा टेक्न आउँदैनन् तवसम्म संविधान कार्यान्वयन संभव छैन ।
संविधान गतिशील दस्तावेज हो र यो आवश्यकता अनुसार संशोधन हुन्छ । यसैकारण संशोधन सम्बन्धी प्रावधान संविधानमा राखिन्छ र हालको संविधानमा पनि राखिएको हो । धरातलीय यथार्थलाई स्वीकारेर असन्तुष्टिको संवोधन गरी संविधानलाई सर्वस्वीकार्य र सवैको स्वामित्व स्थापित गरी कार्यान्वयन गर्ने जिम्मेवारीबोध गरेर नै सरकारले संविधान संशोधन विधेयक सदनमा प्रस्तुत गरेको छ ।

अहिले एमाले उत्तिकैे संविधान प्रेमी भएको छ । संविधान निर्माणका क्रममा एमाले नेतृत्व कती गंभीर थियो भन्ने कुुरा गरिरहन आवश्यक छैन । सत्ताको अझ प्रधानमन्त्रीको हरियो घाँस देखाएर भारतीय दवाव झेल्दै प्रचण्डले थोरै पापड बेलेर संविधान ल्याएका हैनन् । त्यसैले संविधानमाथिको स्वामित्व र जिम्मेवारी प्रचण्ड जत्तिको कुनै माइकलालको छैन । संविधान कार्यान्वयनका लागि सहजीकरण गर्न ल्याइएको संसोधन विधेयकलाई अगाडि वढ्न नदिने अनि संविधान कार्यान्वयन भनी वतुराउने एमालेको कार्य हलो अड्काएर गोरु चुटने भन्दा अरु केही होइन । एमालेको नवराष्ट्रवाद संविधान कार्यान्वयनमा गलगाँड भएको छ । यो गलगाँड नझिकेसम्म संविधानको पूर्ण कार्यान्वयन संभव छैन ।

प्रजातान्त्रिक व्यवस्थामा जनताले पत्याएको दिन सत्तामा जान पाइन्छ भन्ने चेतना भए एमाले कार्यकर्ताले पनि दुःख पाउने थिएनन् र जनतालाई आन्दोलनको नाममा सास्ती पनि भोग्नुपर्ने थिएन ।

संघीय राज्यमा प्रान्तहरुको विभाजन कसरी गर्ने भन्ने कुरा स्रोत साधनको उपलब्धता, सामथ्र्य, भौगोलिक वनावट, प्रशासनिक सुगमता लगायतका विभिन्न तत्वहरुमा निर्भर गर्दछ । प्रान्तहरुको सीमांकनले राष्ट्रिय अखण्डतामा असर गर्दछ भन्ने भ्रम जनतामा भूत प्रेत जस्तै छर्न एमाले पार्टी सफल भएको छ । संघीयता आफ्नो नारा नभएको र यसलाई जबरजस्त स्वीकार गर्नु परेको भन्ने एमाले नेतृत्वको भनाईले ऊ संघीय संरचनालाई कार्यान्वयन हुन नदिन यस्ता अनावश्यक भ्रम छर्न तल्लिन भएको वुझ्न कठिन छैन । संघीयता भनेको केन्द्र र प्रान्तका वीचको अधिकारको वाँडफाँड शिवाय केही होइन । जसरी गा.वि.स. जिल्ला अञ्चलमा प्रशासनिक विभाजन हुँदा फरक नपरेझैं प्रान्तहरुको सीमांकनले कुनै फरक पर्दैन । जे जति कुरा आएका छन् सत्ता बाहिर बस्नु पर्दाका एमाले पीडा बाहेक केही हैनन् । प्रजातान्त्रिक व्यवस्थामा जनताले पत्याएको दिन सत्तामा जान पाइन्छ भन्ने चेतना भए एमाले कार्यकर्ताले पनि दुःख पाउने थिएनन् र जनतालाई आन्दोलनको नाममा सास्ती पनि भोग्नुपर्ने थिएन । आगे अरु नव राष्ट्रवादी एमालेगणको मर्जी ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: