पुरीको मृत्यु अस्वभाविक भन्दै मुम्बई पुलिसद्वारा छानबीन शुरु

मुम्बई, पौष २४ । चर्चित अभिनेता ओम पुरीको मृत्यु स्वभाविक नभएको भन्दै मुम्बई प्रहरीले छानबीन थालेको छ ।

मुम्बईको बरसोवा प्रहरीले आकस्मिक मृत्युको रिपोर्ट दर्ता गरेर आफ्नो तर्फबाट छानबीन शुरु गरेको विविसीले जनाएको छ ।

प्रहरीले पुरीको मृत्युका पछाडि कुनै संदिग्ध कारण भएनभएको पत्ता लगाउन खोजेको जनाएको छ । अहिलेसम्म पोष्टमार्टम र भिसेरालगायत अन्य मेडिकल रिपोर्ट सार्वजनिक गरिएका छैनन ।

६६ वर्षीय अभिनेता शुक्रबार बिहान आफ्नै निवासमा मृत भेटिएका थिए । उनको टाउकोमा चोट लागेको थियो ।

ह््रदयाघातका कारण उनको मृत्यु भएको बताइएपनि प्रहरीले भने यसबारेमा वास्तविक तथ्य फरक हुन सक्ने आशंकामा छानबीन थालेको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: