काठमाडौं, भारतीय रिजर्ब बैंकले नेपाललाई एक करोड नयाँ भारतीय नोट उपलब्ध गराउने भएको छ ।
भारतमा नोतबन्दीको घोषणापछि त्यसले नेपालीहरुमा समेत असर परेको थियो । नेपाल राष्ट्र बैंक र सरकारको अनुरोध पछि भारतीय रिजर्ब बैंकले नेपाललाई एक सय रुपैयाँका एक करोड नोट दिने भएको हो । यसको कूल मूलय एक अरब हुन्छ ।
नेपालले यसअघि नै एक सय रुपैयाँका भारतीय नोट आयात गर्न खोजेपनि भारतमा नोटबन्दीका कारण यो सम्भव भएको थियो ।
भारतीय रिजर्ब बैंकले नेपाल राष्ट्र बैंकलाई पत्र लेख्दै एक अरब रुपैयाँ (सयका एक करोड नोट) दिने बताएको हो । यो रकम जनवरीमा नै दिइनेछ ।
भारतीय रिजर्ब बैंकले हरेक त्रैमासिकमा ६ अरब बरारको विनिमयको सुविधा उपलब्ध गराउँदै आएको छ ।