सव–स्टेसनमा समस्या उत्पन्न हुँदा विद्युत् आपूर्तिमा समस्या

काठमाडौं, पुस २४ । नेपाल विद्युत् प्राधिकरणको स्युचाटार सव स्टेसनमा समस्या उत्पन्न भएका कारण राजधानीको केही स्थान र काभ्रेपलान्चोकको बनेपालगायतका क्षेत्रमा विद्युत् आपूर्ति बन्द भएको छ ।

प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले स्युचाटारमा जडित १३२/६६ केभी प्रसारण लाइनले प्रवाह गर्ने ३६ एमभीए क्षमताको ट्रान्सफर्मरको बुकोल्ज रिलेमा अचानक प्राविधिक गडबडीले समस्या उत्पन्न भएको जानकारी दिए ।

याे पनि पढ्नुस  भारतबाट विरगञ्जमा पन्ध्र लाख मूल्यबराबरको प्याज अायात

प्राधिकरणको प्राविधिक टोली समस्या समाधानमा जुटिरहेको जानकारी दिँदै प्रवक्ता अधिकारीले सो समस्याका कारण चावहिल, भक्तपुर, बनेपा, पाटन, स्युचाटार लगायतका फिडरसहित अन्य स्थानमा ‘रोटेसन बेसिस’ मा कम्तीमा ३० मिनेटका दरले विद्युत् आपूर्ति बन्द हुने बताए।

सो समस्याका कारण २० मेगावाट बराबरको विद्युत् आपूर्तिमा समस्या आएकाले प्राधिकरणले क्षमायाचना समेत गरेको र केही समयभित्रै समस्या समाधान हुने समेत उनले जानकारी दिए ।

याे पनि पढ्नुस  बिहानैदेखि जनकपुरलाई राजधानी तोकेपछि वीरगञ्ज बन्द, जनजीवन प्रभावित

रासस

कमेन्ट गर्नुहोस्