ज्यामरुककोट समाजको अध्यक्षमा कार्की निर्वाचित

काठमाडौं, पुस २४ । ज्यामरुककोट समाज नेपालको अध्यक्षमा राम कार्की निर्वाचित भएका छन् ।
शनिबार भएको प्रथम अधिवेशनबाट कार्कीको अध्यक्षतामा २१ सदस्यीय कार्य समिति चयन भएको हो । अधिवेशनको उदघाटन बयोबृध्दा ज्यामरुके छोरी मनु मल्ल शाहले गरेका थिए ।
समाजको वार्षिक प्रतिवेदन अध्यक्ष कार्कीले प्रस्तुत गरे । आर्थिक प्रतिवेदन सचिव दिर्घ रिजालले प्रस्तुत गरे । समाजका सदस्य ईन्जिनियर बिनायक शर्माले स्वागत मन्तव्य राखे ।

अधिवेशनमा म्याग्दी बहुमुखी क्याम्पसका पूर्व प्रमुख कृष्ण थापा, सामाजसेवी चन्द्र बहादुर घिमिरे, सिनियर कृषि बैज्ञानिक टिका कार्की, ज्यामरुककोट समाज नेपाल उप–समिति बाग्लुङ का कोषाध्यक्ष अनुप रिजाल, अर्जुन उच्च माविका हेडमास्टर शिवकुमार खत्रीले शुभकामना दिए ।

ज्यामरुककोट समाज का सल्लाहकार विश्व बम मल्लले अधिवेशनमा उपस्थित भएका अतिथिहरुलाई धन्यबाद दिएका थिए । कार्यक्रम सञ्चालन प्राध्यापक बालकृष्ण शर्माले गरेका थिए ।
नव निर्वाचित कार्यसमिति
अध्यक्षः राम कार्की
उपाध्यक्षः भीम सापकोटा
उपाध्यक्षः सुरत बम मल्ल
सचिवः बालकृश्ण षर्मा
कोशाध्यक्षः दिर्घा शर्मा
सह–सचिवः हर्क सापकोटा
सदस्यहरूः बद्री सापकोटा
भविन्द्र कुँवर
अर्जुन ब. मल्ल
भावना मल्ल राणा
सन्तोष सापकोटा
दुर्गा थापा
अनिल कार्की
राजन घिमिरे
कुशुम मल्ल
कृष्णकाली कार्की थापा
अशोक मल्ल
जगत घिमिरे
रेणु घिमिरे केसी
प्रकाश विक
योगेन्द्र थापा

कमेन्ट गर्नुहोस्

%d bloggers like this: