काठमाडौं, पुस २४ । राष्ट्रिय लगानी बोर्डले काठमाडौं उपत्यकामा मेट्रो रेलको सम्भाव्यता अध्ययनका लागि प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । यसका लागि गठन गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षमा आइतबार बिहान बसेको बोर्ड बैठकले योजना आयोगका भौतिक पूर्वाधार महाशाखा प्रमुख सञ्जयकुमार खनालको संयोजकत्वमा उच्चस्तरीय संयन्त्र गठन गरेको हो ।संयन्त्रले काठमाडौंमा मेट्रो रेल कहाँ, कसरी गुडाउन सकिन्छ भन्ने अध्ययन गर्नेछ ।
पहिलो पटक सरकारी स्तरबाटै मेट्रो रेलको संभाव्यता अध्ययन गर्न लागिएको हो ।
बैठकमा बोल्दै प्रधानमन्त्री तथा बोर्डका अध्यक्ष प्रचण्डले लगानीको वातावरणका लागि सरकार गम्भीर रहेको भन्दै आर्थिक समृद्धिका लागि सरकार लागि परेको बताए । प्रधानमन्त्रीले लगानीको वातावरणका लागि नीतिगत र कानूनी अड्चन फुकाउन सरकारले आवश्यक निर्णय गर्ने बताउँदै राजनीतिक विवादमा मात्रै नअल्झेर विकासका कामलाई प्राथमिकता दिने बताए ।
यसअघि कोरियन कम्पनी चुङसुङ इन्जिनियरिङले पनि सन् २०१२ मा काठमाडौं उपत्यकामा मेट्रो रेलको सम्भाब्यता अध्ययन गरेको थियो ।
यस्तो हुनेछ उपत्यकामा मेट्रो रेलको रुट