सिरियामा भएकाे कारबम विष्फोटमा ४३ जनाको मृत्यु

लेवनान, २३ पुस । सिरियाली विद्रोही समूहको अधीनस्थ सहर अजाजमा भएको एक कार बम विष्फोटमा परी ४३ जनाको ज्यान गएको छ ।

उत्तर अलेप्पो राज्यको टर्कीसँग सीमा जोडिएको उक्त सहरमा शनिबार सो शक्तिशाली ट्याङ्कर बम विस्फोट भएको हो ।

घटनामा छजना विद्रोही र बाँकी सबै सर्वसाधारणको मृत्यु भएको सिरियाली मानव अधिकारवादी संस्थाले जनाएको छ ।

याे पनि पढ्नुस  सिरियामा हवाई आक्रमण ४० सर्वसाधारण मारिए

संस्थाका प्रमुख रमी अब्देल रहमानले घटनामा मृत्यु भएका प्रायः सबैजनाको विस्फोटबाट चिन्न नसकिने गरी शरीर उढेको र दजैनौँ सर्वसाधारण घाइते भएका छन् ।

टर्की र रसियाको मध्यस्थतामा सिरियाली सरकार पक्ष र विद्रोहीबीच एक साता पहिले डिसेम्बर ३० मा युद्धविराम सम्झौता भएपछि पनि सवै पक्षबाट सम्झौता उल्लङ्घन गर्दै एक अर्काविरुद्ध आक्रमणलाई निरन्तरता दिइरहेको बताइरहे पनि यति धेरै नागरिकको मृत्यु हुने गरी भएको यो नै प्रमुख घटना हो ।

कमेन्ट गर्नुहोस्