व्यवस्थापिका वैठकमा शोक प्रस्ताव पारित, वैठक ३ बजे बस्ने

काठमाडौं, पुस २४ । प्रतिपक्षी एमाले तथा अन्य नौ दलले लगातार स्थगित गराउँदै आएको व्यवस्थापिका संसदको वैठकमा आज पूर्व सांसद मनिराम पोखरेलको शोक प्रस्ताव पारित भएको छ ।

२०१५ सालका सांसद मणिराम पोखरेलको निधनमा शोक प्रस्ताव पारित गर्दै संसद बैठक स्थगित भएको छ ।

शोक प्रस्तावसम्बन्धी प्रस्ताव सर्वसम्मतले पारित भएपछि व्यवस्थापिका संसदको वैठक आज अपराह्न ३ बजे बस्ने भएको हो ।

२०१५ सालमा खोटाङ क्षेत्र नं। १६ बाट निर्वाचित सांसद पोखरेलको ८७ वर्षको उमेरमा पुस १८ गते निधन भएको थियो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: