बाटो खोल्न गएको सेनाको गाडी दुर्घटना, तीन दर्जन सैनिक घाइते

डोटी, पुस २४ । डोडीको अत्तरिया–स्याउले जोड्ने भिमदत्त राजमार्गमा हिमपातका कारण सडक अवरुद्ध भएपछि बाटो खोल्न गएका नेपाली सेनाको एक गाडी दुर्घटना भएको छ । दुर्घटनामा तीन दर्जन नेपाली सेना घाइते भएका छन् ।

डडेल्धुरामा रहेको नेपाली सेनाको गरुडदल गणबाट हगुल्टेमा परेको हिमपातले बन्द भएको बाटो खोल्न सेनानी कृष्ण अधिकारीको कमाण्डमा गएको थियो । टोलीले बाटो खन्ने काम सकेर फर्किने क्रममा दुर्घटना भएको सुदूरपश्चिम पृतना दिपायलले दिएको जानकारी दिएको छ ।

दुर्घटनामा ३६ जना सैनिकहरु घाइते भएका छन् । घाइतेहरुको डडेल्धुरास्थित उपक्षेत्रीय अस्पतालतमा उपचार भइरहेको सेनाले जनाएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: