सप्तरीको जेल पुगेर बाबुराम भट्टराईले सोधे – ‘९५ वर्षका वृद्धलाई कुन कानुन अन्तर्गत थुनियो ?’

सप्तारी, पुस २४ । आफ्ना कार्यकर्तालाई भेट्न सप्तरीको जेल भ्रमण गर्न पुगेका नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराईले जेल व्यवस्थाप्रति कडा प्रतिक्रिया दिएका छन् ।

‘सप्तरीको जेलमा कैदी जीवन विताइरहेका ९५ वर्षीय सुरी नारायण मण्डललाई कुन कानुनअन्तर्गत जेलमा थुनिएको हो ?’ भन्दै बाबुराम भट्टराईले नेपालका जेलहरु सुधार गृह नभएर अमानवीय यातना गृह जस्ता रहेको टिप्पणी गरे ।

आफ्नो फेसबुक पेजमा स्टाटस लेख्दै नेता भट्टराईले यस्तो टिप्पणी गरेका हुन् । उनले जेलको अवस्थाका बारेमा तस्वीरसमेत राखेका छन् ।

सप्तरीको जेलमा जनयुद्धकालीन मुद्दामा फसाइएका नयाँ शक्ति नेपालका युवा नेता अरूणकुमार साह (अनिल) लाई भेट्न डा. भट्टराई सप्तरी पुगेका हुन् ।

कमेन्ट गर्नुहोस्