सामजिक सञ्जालमार्फत आएको गुनासो र उजुरीलाई अध्ययन गरी कारबाही

काठमाडौं, पुस २४ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले सामाजिक सञ्जालमार्फत नागरिकले पठाएका उजुरीलाई अध्ययन गरी कारबाही थालेको छ ।

ट्राफिक प्रहरीको मोबाइल एप्स, फेसबुक, ट्विटर, भाइबर लगायत सामजिक सञ्जालमार्फत सर्वसाधारणले गरेको गुनासो र उजुरीलाई अध्ययन गरी कारबाही सुरु गरिएको छ ।

याे पनि पढ्नुस  महानगरपालिकाले राजधानीका फोहोर अझै नियन्त्रणमा ल्याउन सकेन

लेन अनुशासन पालना नगर्ने, सडकमा जथाभावी रुपमा सवारी पार्किङ गर्नेलगायत ट्राफिक नियम उल्लंघन गर्ने निजी तथा सरकारी साधनको तस्विर खिचेर ट्राफिक प्रहरीको सामाजिक सञ्जालमा पठाउने बित्तिकै महाशाखाले उक्त सवारी धनीलाई बोलाएर आवश्यक सोधपुछ गरी कारबाही गर्ने गरेको महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक मिलन बस्नेतले जानकारी दिए ।

याे पनि पढ्नुस  अनियमित नापतौल गर्ने दुई हजार कारवाहीमा

उनले भने– ‘दैनिक दुई दर्जनभन्दा बढी उजुरी महाशाखामा आउने गरेका छन् तीमध्ये आवश्यक अध्ययन गरेर ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनमाथि कारबाही गरेका छौं ।’

उनले दैनिक पाँचदेखि सात वटा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी धनीमाथि कारबाही गरिएको बताए । महाशाखाले ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनलाई रु एक हजार जरिवाना गर्दै आइरहेको छ ।

याे पनि पढ्नुस  २० वर्ष पुराना सवारी साधनमा एक हजार ६४६ विस्थापित

रासस

कमेन्ट गर्नुहोस्