होटल हिल्टनले जमिनमुनी अत्याधिक खन्दा नक्सालको सडक भासियो

काठमाडौं, पुस २४ ।  जमिन मुनि अत्याधिक खनेका कारण काठमाडौंको नक्सालमा सडक भासिएको छ । नक्सालस्थित भगवती बहाल र प्रहरी प्रधान कार्यालय जाने बाटोमा साे जमिन खनिरहेको अवस्थामा आइतबार सडक भासिएपछि उक्त क्षेत्रमा सवारी आवागमन अवरुद्ध भएको हो ।

दुईतर्फी सवारी सञ्चालन हुने साे सडकको आधा भाग भासिएपछि सवारी आवागमन अवरुद्ध भएकाे छ भने सो क्षेत्र वरपरको ट्राफिक व्यवस्था अस्तव्यस्त भएको छ।

हिल्टन वर्ल्डवाइड र जगदम्बा हस्पिटालिटी समूहको लगानीमा निर्माणाधीन होटलले जमिनमुनि अत्याधिक खन्दा सडक भासिएको प्रहरीले बताएको छ ।

हिल्टनले नक्सालमा ११ तलाको पाँचतारे होटल निमार्ण गर्न लागेकाे हाे। होटल निर्माणका लागि जमिनमुनि अत्याधिक खन्दा नजिकैका घरहरु समेत धरापमा पर्ने गरेकाे भन्दै  छिमेकीहरुले यसअघि नै ध्यानाकर्षण गराएपनि निर्माण कार्य भने रोकिएको थिएन ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: