आजदेखि चल्यो संसद, दुईवटा महत्वपूर्ण विधेयक पेश

काठमाडौ, पुस २४ । मंसीर १४ गतेदेखि अवरुद्धहुँदै आएको व्यवस्थापिका बैठक आजबाट सुचारु भएको छ प्रमुख प्रतिपक्षी एमालेलगायत ९ दलको अवरोधका बीच पनि सभामुख संसदमा दुईवटा विधेयक पेश भएका छन् । वैठकमा लोकमानसिंह कार्कीमाथिको महाभियोगलाई बहुमतमार्फत समितिमा दर्ता गराइएको छ ।

याे पनि पढ्नुस  एमालेले एक दिनको लागि मात्र संसद बैठक चल्न दिने

सरकारले एमालेसहित विपक्ष दलका ९ राजनीतिक दलका सांसदहरुको हो हल्लाबीच संविधान संशोधन विधेयक टेबल गरेको छ भने सभामुखले हो हल्लाका बीचमा पनि संसद्को बैठक अघि बढाएकी हुन् ।

संविधान संशोधन विधेयकको कार्यसूचीमा प्रवेश गर्नासाथ एमालेसहितका विपक्षी दलहरु उठेर विरोध गरेका थिए । सभामुखले कार्यसूची अगाडि बढाएपछि विपक्षी दलका सांसदहरुले नाराबाजी समेत गरेका थिए। सभामुखले संशोधनविरुद्ध परेको प्रेम सुवाल र चित्रबहादुर केसीको विरोधको सूचना बुहमतले अस्वीकृत भएको घोषणा गरिन् ।

याे पनि पढ्नुस  सभामुखले फेरी डाकिन सर्वदलीय बैठक

त्यसपछि कानुनमन्त्री अजय शंकर नायकले संविधान संशोधन प्रस्ताव टेबल गरे। संविधान संशोधन विधेयक टेबल भएसँगै व्यवस्थापिका वैठक पुनः भोलिसम्मका लागि स्थगित गरिएको हो ।

कमेन्ट गर्नुहोस्