विवादका बीच संसद बैठक सञ्चालन, संंशोधन विधेयक टेबल

काठमाडौं, पुस २४ । विरोधका बीच संविधान संंशोधन विधेयक संसदमा टेबल भएको छ ।

आइतबार बसेको संसदको दोस्रो बैठकमा उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिको तर्फबाट कानुनमन्त्री अजय शंकर नायकले विपक्षी ९ दलहरुको नाराबाजी र होहल्लाका बीचमा संशोधन विधेयक पेश गरेका हुन् ।

स्थानीय निर्वाचनसम्बन्धी विधेयक पेस गर्न रोष्ट्रममा पुगेका कानुनमन्त्री त्यहीं बसेका थिए ।

अख्तियार प्रमुख लोकमान सिंह कार्कीविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावलाई महाअभियोग सिफारिस समितिमा पठाउने निर्णय गरेको छ ।

लगत्तै कानुनमन्त्री अजयशंकर नायकले संविधान संशोधन विधेयक टेबल गरेका छन् ।

संसद संविधान संशोधन विधेयकको कार्यसूचीमा प्रवेश गर्नासाथ एमालेसहितका विपक्षी दलहरु उठेर विरोध गरे ।

तर, सभामुखले कार्यसूची अगाडि बढाएपछि विपक्षी दलका सांसदहरुले नाराबाजी गरेका छन् । विपक्षी सांसदहरुको होहल्लाका बीच सभामुखले संशोधनविरुद्ध परेको प्रेम सुवाल र चित्रबहादुर केसीको विरोधको सूचना अस्वीकृत भएको घोषणा गरिन् ।

नेमकिपाका सभासद प्रेम सुवालले दिएको विरोधको सूचना र चित्रबहादुर केसीले दिएको विरोधको सूचना नाराबाजी बिच बहुमतले अस्वीकृत गरेको छ ।

संसद बैठक सोमबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: