लोकमान पदमुक्त, सर्वोच्चद्वारा योग्यता नपुगेको ठहर

कठमाडौं, पुष २४ । सर्वोच्च अदालतले अख्तियार प्रमुख लोकमानसिंह कार्कीको योग्यता नपुगेको ठहर गरेको छ । यो सँगै लोकमान पदमुक्त भएका छन् ।

न्यायाधीशत्रय ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हाको इजशासको इजलासले कार्कीको योग्यता नपुगेको ठहर गरेको हो ।

आज रिट निवेदक अधिवक्ता ओमप्रकाश अर्यालका तर्फबाट  वरिष्ठ अधिवक्ता शम्भु थापा, अधिवक्ताहरु सुरेन्द्र भण्डारी, डा चन्द्रकान्त ज्ञवाली, रमेश वडाल, टीकाराम भट्टराई, राजु चापागार्इं, रमणकुमार कर्ण, दिनेश त्रिपाठी, बाबुराम दाहाल, ज्योति लम्साल पौडेल, कुनदेवी महर्जनसहित १५ जनाले प्रत्युत्तर बहस गरेका थिए । यही  ७ पुसबाट शुरु भएको बहस ८, २१, २२ हुँदै आजसम्म चलेको थियोे ।

कार्कीको नियुक्ति संविधान विपरीत भएको जिकिर गर्दै अधिवक्ता ओमप्रकाश अर्यालले दायर गरेको रिट निवेदनमा सर्वोच्चले एक वर्षपछि उक्त निवेदन खारेज हुने फैसला गरेकामा अधिवक्ता अर्यालले पुनः सर्वोच्चमा रिट पुनरवलोकनका लागि निवेदन दिएका थिए ।  साढे तीन वर्षअघि  २५ वैशाख २०७० मा लोकमान अख्तियारको प्रमुख आयुक्तमा नियुक्त भएका थिए ।

अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध व्यवस्थापिका संसदमा समेत महाअभियोग प्रस्ताव दर्ता छ । सर्वोच्चको फैसलालले लोकामानको योग्यउता नै नपुगेको स्पष्ट गरेपछि उनीमाथिको महाअभियोग के हुने विषयमा भने थप बहस शुरु भएको छ ।

File Photo

कमेन्ट गर्नुहोस्

%d bloggers like this: