ऊर्जामन्त्री शर्माले भने–‘राष्ट्रवादको नाराभित्र राष्ट्रघाति काम भइरहेको छ’

काठमाडौं, पुस २५। ऊर्जामन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले राष्ट्रवादको नाराभित्र राष्ट्रघाती काम भइरहेको टिप्प्पणी गरेका छन् ।
अखिल क्रान्तिकारीले पुल्चोक इन्जिनीयरिङ क्याम्पसमा आइतबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले कतिपय राजनीतिक शक्तिहरुले राष्ट्रवादको नाराभित्र आन्तरिक राष्ट्रियता विथोल्न लागि परेको बताएका हुन् ।

उनले भने– “कतिपय राजनीतिक शक्तिहरुले राष्ट्रवादको नारा अघि सार्दै आन्तरिक राष्ट्रियता विथोल्न लागि परेका छन” मन्त्री शर्माले भन्नुभयो “ मुलुकभित्रकै ठूलो समुदायलाई अधिकारविहीन बनाएर राष्ट्रियता बलियो हुँदैन ।”

संविधान संशोधनका विरुद्ध आन्दोलनरत एमालेतर्फ संकेत गर्दै उनले मधेशी समुदायलाई अधिकारविहीन अवस्थामा राखेर राष्ट्रियताको आन्दोलन सफल नहुने तर्क गरे ।  विपक्षीको आन्दोलले निर्वाचनको तालिका पर धकेल्ने काम गरेको मन्त्री शर्माले बताए ।

अर्को एक प्रसंगमा उनले इन्जिनीयरिङका विद्यार्थीहरुलाई वर्षमा एक पटक ३ महिने अभियान लिएर गाँउ टोलहरुमा प्रयोगात्मक शिक्षा लिने कार्यक्रम बनाउन सुझाव दिए । जनतासँग जोडिएको प्रयोगात्मक शिक्षाले मात्र स्वरोजगारयोग्य जनशक्ति उत्पादन गर्ने भन्दै मन्त्री शर्माले गाँउ जाने अभियानलाई पाठ्यक्रममा समावेश गर्नुपर्नेमा जोड दिए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: