कश्मिरमा हमला, तीन भारतीय सैनिकको मृत्यु

एजेन्सी । भारत शासित कश्मिरको अखनुर जिल्लामा भएको एक हमलामा भारतीय सेनाका २ जवान मारिएका छन् । सेनालाई लक्षित गरि गरिएको हमलामा ३ जनको मृत्यु भएको हो । हमलाकारी भने भाग्न सफल भएको भारतीय सञ्चारमाध्यले जनाएका छन् ।

यो हमला चरमपन्थीले गरेको बताइएपनि सेनाले भने आधिकारीक रुपमा हमला गर्नेबारे केही बोलेको छैन । पुरै इलाकामा अहिले हमलाकारी पत्ता लगाउन छानविन सुरु भएको छ । यो भन्दा अगाडि पनि भएको यस्तै हमलामा ३ जना घाइते भएका थिए । र हमलाकारी भाग्न सफल भएका थिए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: