धनकुटा, पुस २५ । विद्युत प्राधिकरणको जग्गा लामो समयदेखि कब्जा गरी बसाइएको बस्ती स्थानीय प्रशासनले डोजर लगाइ हटाएको छ ।
सोमबार धनकुटा नगरपालिका वडा नं १ हिले स्थित प्राधिकरण स्वामित्वमा रहेको जग्गामा अनधिकृतरुपमा बसाइएको बस्तीलाई प्रशासनले डोजर चलाएर उठाएको हो ।
विद्युत् प्राधिकरण स्वामित्वको १ सय ९५ रोपनी मध्ये १० रोपनी भन्दा बढि जग्गा सुकुम्बासीका नाममा अतिक्रमण गरि ४० भन्दा बढि परिवार दशकौं देखि बसोबास गर्दै आएका थिए।
बस्ती हटाइ जग्गा खाली गराउन पटक–पटक सार्वजनिक सूचना जारी गरेको दुई महिनासम्म पनि नहटेपछि डोजर लगाउन परेको प्रशासनले जनाएको छ ।
समयसीमा भित्र जग्गा खाली नगरेकाले बलप्रयोग गरेर वस्ति हटाउनु परेको प्रशासनले बताएको छ ।
तस्वीर : सामाजिक सञ्जाल