तराईका जिल्लामा पनि हिमपात हुने सुदूरपश्चिम !

हेक्का रहोस्– सुदूरपश्चिम एउटा भूगोल मात्रै होइन, त्यहाँ नौ वटा जिल्ला पर्छन्

‘सुदूरपश्चिममा हिमपात ।’ यो शीर्षकमा आइतबार बिहान विभिन्न अनलाइन र सञ्चारमाध्यममा समाचार प्रकाशित भए । सरकारी सञ्चारमाध्यम राष्ट्रिय समाचार समितिले यो समाचार प्रकाशित गर्दा सम्पादकदेखि डेस्कमा बस्नेहरुले आधारभूत ज्ञानसमेत राखेको देखिएन । सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा हिमपात भएको थियो । कैलाली र कञ्चनपुर पनि सुदूरपश्चिममा पर्छन् र त्यहाँ हिमपात हुँदैन भन्ने कुरा कसैले सोचेन ।

केही वर्ष अगाडि ‘देउकी प्रथा’ निकै चर्चित शब्द थियो, सुदूरपश्चिमको पहिचान दिने । कसैले ‘देउकी प्रथा’को कुरा गर्दा ‘सुदूरपश्चिममा छ यो प्रथा’ भन्ने गर्थे । तर यथार्थमा देउकी प्रथा सुदूरपश्चिममा थिएन बरु सुदूरपश्चिममा पर्ने नौवटा जिल्लामध्ये बैतडीमा रहेका भगवतीका केही मन्दिरमा अस्तित्वमा थियो ।

छाउ गोठकै कुरा गर्दासमेत महिनावारी भएको बेला बेग्लै गोठ या टहरोमा सुत्न पठाउने कुरा सुदूरपश्चिमका डोटी, अछाम र डडेल्धुराका केही गाउँमा मात्रै छ । यो समग्र सुदूरपश्चिमको पहिचान होइन । सुदूरपश्चिमको कैलाली र कञ्चनपुरमा बसोबास गर्ने बहुसङ्ख्यक थारुहरुको बस्तीमा यस्तो गोठ हुँदैन, न त अन्य कतिपय गाउँहरुमा हुन्छ ।

अहिले आएर अर्को विम्बले निकै चिनिन्छ सुदूरपश्चिम । त्यो हो– छाउपडी प्रथा । नेपालका ७५ वटा जिल्लामा बस्ने हिन्दूहरुको घरमा महिलाको महिनावारीको बेला हेरिने दृष्टिकोण करिब समान छ । अझ राजधानी जस्तो अत्याधुनिक सुविधा सम्पन्न जीवन भोगिरहेका घरमा समेत महिनावारी भएकी महिलालाई भान्सामा छिर्न दिइँदैन । तर छाउपडीको कुरा आउँदा सबैको मनमा एउटै शब्द खेल्छ– सुदूरपश्चिम । छाउ गोठकै कुरा गर्दासमेत महिनावारी भएको बेला बेग्लै गोठ या टहरोमा सुत्न पठाउने कुरा सुदूरपश्चिमका डोटी, अछाम र डडेल्धुराका केही गाउँमा मात्रै छ । यो समग्र सुदूरपश्चिमको पहिचान होइन ।

सुदूरपश्चिमलाई यसरी साँघुरो घेरामा हेरिने सांस्कृतिक चिन्तनले समग्र सुदूर पश्चिमको ऐतिहासिक विकासक्रमलाई नै निषेध गरेको छ । यति मात्रै होइन, यसले सुदूरपश्चिमका नौवटा जिल्लाको आर्थिक, सामाजिक, सांस्कृतिक र भाषिक विविधतलाई समेत नकार गर्दछ ।

सुदूरपश्चिमको कैलाली र कञ्चनपुरमा बसोबास गर्ने बहुसङ्ख्यक थारुहरुको बस्तीमा यस्तो गोठ हुँदैन, न त अन्य कतिपय गाउँहरुमा हुन्छ । तर हामीले एउटा विम्ब निर्माण गरिसकेका छौँ । हाम्रा लागि सुदूरपश्चिम भनेको एउटा एकीकृत सांस्कृतिक पहिचान भएको क्षेत्र हो ।

सुदूरपश्चिमलाई यसरी साँघुरो घेरामा हेरिने सांस्कृतिक चिन्तनले समग्र सुदूर पश्चिमको ऐतिहासिक विकासक्रमलाई नै निषेध गरेको छ । यति मात्रै होइन, यसले सुदूरपश्चिमका नौवटा जिल्लाको आर्थिक, सामाजिक, सांस्कृतिक र भाषिक विविधतलाई समेत नकार गर्दछ । यथार्थमा नौवटा जिल्ला भौगौलिक रुपमा एउटा सीमाङ्कनमा जोडिएका भए पनि सामाजिक संरचनाका आधारमा यिनीहरुबीच निकै बढी विविधता छ ।

भाषागत रुपमा हेर्दा बैतडी, डडेल्धुरा र दार्चुलामा भाषिक समानता भेटिन्छ । जब कि डोटी, अछाम, बाजुरा, बझाङमा आफ्नै मौलिक भाषा छ । तराईमा थारुहरुको बेग्लै भाषा छ र नेपाली बोल्ने जनमतको समेत यी तराईका जिल्लामा बलियो उपस्थिति रहेको छ । यो भाषिक विविधतासँगै त्यहाँको संस्कृति, सामाजिक सूचकाङ्कहरु समेत फरक छन् । महिलालाई हेर्ने या अन्य कैयौँ यस्ता सामाजिक सूचकाङ्कहरु नौवटा जिल्लामा समान छैनन् । कतिपय अवस्थामा समुदायपिच्छे त कतिपय अवस्थामा स–साना भूगोलका क्लस्टरका आधारमा निर्माण भएका परम्परा र मान्यताहरु त्यहाँ प्रचलनमा छन् । यो विविधता स्वीकार नगर्दा र यसबारे पर्याप्त जानकारी नराख्दा राज्यले प्रदान गर्ने (न्यून नै किन नहोस्) सेवा सुविधादेखि अन्य कुराले सुदूरपश्चिमका नौवटा जिल्लालाई गुणात्मक तवरले छुन सकेको छैन ।

कुनै पनि क्षेत्रको एकल संस्कृति या मान्यता या चिन्तनका पछाडि उक्त क्षेत्रमा राज्यको उपस्थितिले महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ । नेपालको केन्द्रीय राज्यसत्ता सुदूरपश्चिमका नौवटा जिल्लामा स्थापित भएको दुई सय बीस बाइस वर्ष भएको छ । त्यसअघि सुदूरपश्चिममा एकल राज्यको निर्माण कहिल्यै भएन । डोटी प्रदेशको कुरा होस् या त्यसअघि कर्णाली या भारतको सोरघाटीमा स्थापनाभएका राज्यहरुले समेत यी नौवटा जिल्लालाई समग्रतामा समेटेका थिएनन् ।

यी नौ जिल्लाहरु कुनै बेला कुनै राज्यमा, कुनै बेला कुनै राज्यमा गाभिँदा त्यहाँ एकीकृत र मौलिक प्रकृतिको संस्कृति, रहनसहन, चिन्तन, मान्यतालगायतका कुराहरु विकास हुन पाएनन् । १९ हजार पाँच सय ३९ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको सुदूरपश्चिमलाई एउटा प्रदेश बनाइएपछि बरु एउटा क्षेत्रीय अवधारणाको विकास भएको हो । तर यो ऐतिहासिकतालाई नबुझेर सुदूरपश्चिम मात्रै विम्बका रुपमा प्रयोग गर्दा यसभित्रका विविधताहरु सम्बोधन हुन सकेका छैनन् ।

कहिल्यै राज्य बन्न नसकेको सुदूरपश्चिम
१३्औं शताब्दी अघिसम्म यस क्षेत्रका पहाडी जिल्लाहरु भारतको उत्तराखण्डमा स्थापित विशालकत्युरी वंशको शासनअन्तर्गत थिए । कत्युरी राजवंशको पतनपछि डोटी राज्यको निर्माण भयो । तर यो स्वतन्त्र राज्य भने थिएन । बैजनाथकत्युरी, द्वाराहाट, बरममण्डल, अस्कोट, सिरा, सोर र सुइ (कालीकुमाउ) लगायतका ८ वटा राज्यअन्तर्गत थियो डोटी प्रदेश । तर त्यतिखेर कैलाली र कञ्चनपुरमा भने आवादी थिएन । आदिवासी थारुहरु भारत र नेपालको तराई क्षेत्रमा बसोबास गरेका थिए ।

एउटै बेग्लै राज्यको रुपमा रैकाहरुको शासनपनि टिक्न सकेन । १६ औं शताब्दी अकबरको शासनको समय थियो । त्यतिखेर मुगलहरुले रैकाहरुमाथि आक्रमण गरे । हाल डडेल्धुराको अजैयमेरुमा रहेको रैकाहरुको राजधानीमाथि कब्जा गरेर धनसम्पत्ति लुटे ।

खस शासकहरु अशोकचल्ल र क्रचल्लको सन् ११९१ देखि १२२३ सम्म बारम्बारको आक्रमण सहनबाध्य भएपछि कत्युरी शासन टुक्रिएको थियो । यो विभाजनपछि भारतको उत्तराखण्डको रामगङ्गादेखि कर्णाली नदीसम्मको भूभाग रैका जातिहरुको अधिनस्थमा आयो । तराईको कुरा गर्दा कत्युरी राजा ब्रह्मदेवले महाकाली नदीको टनकपुर रहेको स्थानमा ब्रह्मदेव मण्डीको स्थापना गरेका थिए । कत्युरी शासनको अन्त्यसँगै सन् १९१३ मानिरञ्जन मल्लले डोटी राज्यको स्थापना गरे ।

एउटै बेग्लै राज्यको रुपमा रैकाहरुको शासनपनि टिक्न सकेन । १६ औं शताब्दी अकबरको शासनको समय थियो । त्यतिखेर मुगलहरुले रैकाहरुमाथि आक्रमण गरे । हाल डडेल्धुराको अजैयमेरुमा रहेको रैकाहरुको राजधानीमाथि कब्जा गरेर धनसम्पत्ति लुटे । उनीहरुले राज्य नै कब्जा गर्न भने सकेनन् । रैकाहरुको नेतृत्वमा डोटी राज्य निर्माणको क्रममा थियो । तर केही समयपछि सन् १७९० मा पृथ्वी नारायण शाहको एकीकरण अभियानकाक्रममा डुम्राकोटमा डोटी राज्य र गोर्खाबीच भीषण सङ्घर्ष भयो । डोटी राज्य फेरि गोर्खालीहरुको अधिनस्थभयो ।

सुदूरपश्चिमलाई हेर्ने दृष्टिकोणमा परिवर्तनको खाँचो
सुदूरपश्चिमको ऐतिहासिक विकासक्रम पीडादायी छ । यो क्षेत्रमा कहिल्यै पनि राज्यको निर्माणले गति लिन सकेन । एउटा स्थायी राज्य बनेर त्यो राज्यका उपरी संरचनाअन्तर्गत पर्ने मूल्य र मान्यताहरुको यहाँ विकास हुन सकेन ।

गोर्खा राज्यमा विलय भएपछि फेरि अङ्ग्रेजहरुसँग युद्ध हार्दा भारतमा गाभिएको सुदूरपश्चिम राणा शासनमा मात्रै नयाँ मुलुकका रुपमा प्राप्त भयो । तर यो प्राप्त भएको भूभाग थियो । सामान्यतः परम्परागत रुपमा बुहारी र छोरीलाई जुन रुपमा परिवारमा विभेद गरिन्छ, सुदुरपश्चिमका हकमा त्यही भयो । नौवटा जिल्लाहरु बुहारी भए, बाँकी नेपाललाई छोरीको व्यवहार गरियो । राज्यले नै यी मान्यताहरुलाई संस्थागत गर्दा यसको असर राज्यले उक्त क्षेत्रका लागि विनियोजन गर्ने बजेटदेखि अन्य कुरामा पर्न गयो ।

सुदूरपश्चिमका बारेमा राज्यले बेग्लै र विशिष्ट ढङ्गले अध्ययन नै गरेको देखिन्न । कुनै अमुक परियोजनाअन्तर्गत त्यस क्षेत्रको अध्ययन भए पनि समग्रमा नौवटा जिल्लाको अर्थ राजधानीति, जीविकोपार्जनका ढाँचा, सांस्कृतिक विविधता, समुदायको यो ऐतिहासिकताका आधारमा विकास निर्माणको रणनीतिलगायतका विषयमा अध्ययन भएको छैन ।

नौवटा जिल्लाका नागरिकहरुमाथि नै फरक दृष्टिकोणले हेर्ने संस्कृतिको विकास भयो । यसकै परिणाम माथि उल्लेख गरिएका समाचार हुन् । राज्यले सुदूरपश्चिमको विविधता नबुझ्दा त्यहाँको विविधीरकरणलाई विशिष्टीकरण गरी सम्बोधन नगर्दा यसले नौवटा जिल्लाका फरक फरक पहिचान, फरक सांस्कृतिक र ऐतिहासिक विरासत, समुदायपिच्छेका फरक अभ्यास र जीवनशैलीलाई बुझाउन र सो अनुरुप कार्यक्रम विकास गर्न सकेन ।

सुदूरपश्चिमका बारेमा राज्यले बेग्लै र विशिष्ट ढङ्गले अध्ययन नै गरेको देखिन्न । कुनै अमुक परियोजनाअन्तर्गत त्यस क्षेत्रको अध्ययन भए पनि समग्रमा नौवटा जिल्लाको अर्थ राजधानीति, जीविकोपार्जनका ढाँचा, सांस्कृतिक विविधता, समुदायको यो ऐतिहासिकताका आधारमा विकास निर्माणको रणनीतिलगायतका विषयमा अध्ययन भएको छैन । जे कुरामा पनि एकल रुपमा सुदूरपश्चिम भन्ने थेगो मात्रै प्रयोग गरियो । भूगोललाई सर्वोच्चता दिइयो जब कि सामाजिक परिसूचकहरु उपेक्षा गरिए ।

यस क्षेत्रको पछौटेपन, मानवीय सूचकाङ्कको दयनीय अवस्था अन्त्य गर्न यहाँका नौवटा जिल्लालाई पृथक् पृथक् र विविधीकरणका आधारमा अध्ययन गरिनु जरुरी छ । विकाससँग स्थानीय समुदायको ज्ञान, सीप, मान्यता, संस्कृति जोडिएको हुन्छ । त्यो कुराको अध्ययन हुनु जरुरी छ । छाउपडी होस् या अन्य समस्या, यसलाई सूक्ष्म सांस्कृतिक दृष्टिका आधारमा हेरिनुपर्छ । यसले कर्णालीका केही जिल्ला र सुदूरपश्चिमका केही जिल्लाबीच विकास निर्माणको क्लस्टर बन्न सक्छ । अर्कोतर्फ राप्ती र सेती महाकालीका जिल्लाबीच यस्तै क्लस्टर बन्न सक्छ । देशको पुनर्संरचनाको बहस चलिरहेको बेला सुदूरपश्मिलाई भूगोलका आधारमा नौ जिल्लाको सीमाङ्कन र भाषा, संस्कृतिका हकमा ‘डोटेली राज्य’ का रुपमा मात्रै बुझ्ने हो भने यो क्षेत्रको गुणात्मक विकास हुन सक्दैन र यी थेगाहरु, विम्बहरुले निरन्तरतापाई नै रहनेछन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: